काँकरभिट्टा ।

नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरु संगठित भएका छन् ।सोमबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ विराटनगर अन्तर्गत रहने गरी धुलावारी इकाई कमिटि गठन भएको छ ।
सो संघर्ष कमिटिको अध्यक्षमा बरुण राजवंशी चयन भएका छन् त्यस्तै उपाध्यक्षमा संगीता कटवाल, सचिवमा गौरव कटवाल, कोषाध्यक्षमा टुकेन्द्रप्रसाद ढुंगेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निर्मला चौहान ( बुढाथोकी), विकास जोगी र हर्क मगर रहेका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा धनबहादुर गिरी, सल्लाहकारमा कृष्णप्रसाद कट्टेल र तारानाथ चौहान चयन भए ।
नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति प्रदेश नम्बर १ का संयोजक डोलमान बुढाथोकी (डम्बर वि.सी) को सभापतित्वमा भएको कार्यक्रममा समिति गठन भएको हो ।
काँकरभिट्टामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिका केन्द्रीय सदस्य उत्तमकुमार राईको प्रमुख आतिथ्यता थियो ।
त्यस्तै प्रदेश नम्बर १ का सचिव युवराज काप्mले, प्रदेश सदस्य तिलचन अर्याल, अनारमनी वितरण केन्द्रका सचिव दीपक पाण्डे, भद्रपुर वितरण केन्द्रका सदस्य तुलसी आचार्य, धुलावारी वितरण केन्द्रमा कार्यारत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।
नव गठित समितिलाई सभापति बुढाथोकी तथा प्रमुख अतिथि राईले सफल कार्यकालको शुभकामना दिएका छन् । सोहि अवसरमा नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रका प्रमुख इन्जिनियर अनिल कुमार अधिकारीलाई सफल कार्यकालको शुभकामना पनि दिइएको थियो ।






























