झापामा १०८ कुण्डको कोटीहोम: नेपालमा भन्दा अन्तर्राष्ट्रिय बजारमा प्रचार तीव्र

0
876

विनोद सापकोटा/ झापा ।


‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई लक्षीत गरि नेपालमा पहिलो पटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको प्रचार नेपालमा भन्दा अन्राष्ट्रिय बजारमा तिव्र भएको पाईएको छ । कार्तिक २७ देखी मंसिर ९ सम्म हुने १०८ कुण्डको कोटिहोमको अन्र्तराष्ट्रिय बजारमा गरिएको प्रचार प्रसारकै कारण त्यहाँ चर्चाहुन थालेको हो ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थीत माहाभारत ईतिहास संग जोडिएको धार्मीक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको हो । अन्तराष्ट्रिय बिद्धत परिषदका प्रवक्ता आचार्य घनस्याम खनालले नेपालमा भन्दा भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालधिप्स, अफ्रिका लगायत अन्य मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटिहोमको प्रचार प्रसार तिव्र भएको बताए ।

पोष्टर, पम्लेटिङ्ग, माईकिङ्ग, ठाँउ ठाँउमा काटिहोमको महत्व र यसको आवस्यक्ताका विषयमा जानकारी दिएर अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसारलाई तीव्र बनाईएको प्रवक्ता खनालले जानकारी दिएका छन । भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्धार, मुम्वई, कलकता, बनारस लयात पश्चिम बंगालमा प्रचार प्रसारका लागि सयौ नेपाली भाषी र स्थानीय हिन्दुवादी स्वयम सेवक परिचालित भएका छन । आयोजकले नेपालबाहेक बिश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दावि गरेको छ । यस्तै नेपालका डेढलाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजकले बताएको छ ।

सताक्षीधाममा ५ वर्ष अघिमात्र स्थापित गोलोक गोवद्र्धन गौसालाले गाईको महत्व, आवस्यक्ता र सास्त्रीय गुणको वारेमा चेतना दिनुका साथै पर्यावरणीय सुद्धीका लागि कोटिहोमको आयोजना गर्न लागिएको बताएको छ । गौसालका पिठाधिस आचार्य नन्दकिशोर भारद्धाजले कोटीहोम संगै श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद्देवीभागवत कथा महोत्सव समेत आयोजना हुने बताएका छन । गौसाला स्थापना पछि सताक्षीधाममा वर्षेनी धार्मिक महोत्सव आयोजना हुदै आएको छ ।

सडकमा यत्र तत्र रहेका, घर गाँउका स्थानीयले पालन पोषण गर्न नसकेका, रोगी, बृद्धगाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउनका साथै सताक्षीधामको पर्यटन प्रवद्र्धनका लागि कोटीहोम हुन लागेको पिठाधिस भारद्धाजले बताएका छन ।

नेपाल सरकारले सन २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष मनाउने तयारी भईरहेका बेला सताक्षीधाममा आयोजना हुन लागेको कोटीहोमले सकारको कार्यक्रमलाई सहयोग पुर्याएको नेकपा शिवसताक्षीका अध्यक्ष महेन्द्र भट्टराईले बताएका छन । उनले भने ‘कोटिहोमले एक नम्वर प्रदेशको पर्यटन प्रवद्र्धन हुने छ ।’ कोटिहोम सम्पन्न गराउनका लागि २५ केभिएको ट्रान्सफर्ममिटर लाई हटाएर ५० केभिएको राखिएको छ , उनले भने ‘नेपालकै ठुलो कोटिहोम झापामा आयोजना हुन लागेकोमा यसले पुर्वको गौरव मात्र होईन धार्मीक एकता समेत पुर्याउनेमा विस्बास लिनु पर्छ ।’

कोटिहोममा नेपाल लगायत विश्वका ५५१ जना ब्राम्मणले दैनिक होम गर्ने आयोजक गोलोक गोवद्र्धन गौसालाले जनाएको छ । यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मीक वक्ता पनी रहने छन । आयोजनकका अनुसार दिनहु धार्मीक गुरुवाट आशिरबचन हुने छ ।

कोटिहोममा आउने अतिथीका लागि करिव ३५ वटा कुटी निर्माण शुरु भएकोे छ । एउटा कुटीमा वढीमा ४ जना सम्म विदेशी पाहुना अटाउन सक्नेछन । गौसालाका पिठाधिस भारद्धाजका अनुसार वाँसका किला, खर र टाटीको वेरामा निर्माण भएको कुटी एटेच वाथरुम सहित हुने छ । आयोजकका अनुसार विदेशी पाहुना र सर्वसाधरणको सुरक्षाको लागि नेपाल सरकार संग सुरक्षा व्यवस्था मागिने छ । त्यसका अलवा स्यमसेवक, सिसी क्यामेर र ड्रोन क्यामेराबाट कोटिहोम स्थलको सुरक्षा व्ययस्था कडा बनाईने छ ।

कोटिहोमका लागि गजुर सहित ९ तलाको वाँस जन्य बस्तुबाट जडित यज्ञ कुण्ड निर्माण शुरु भएको छ । सोमबार सम्म ३ तलाको यज्ञ मण्डपको छाना निर्माण भईसकेको आयोजक गौसालाले जनाएको छ ।

यस अघि झापाको कनकाई नदिको पुर्वीतटिय क्षेत्रमा स्वर्गीय योगि नरहरी नाथले २०४२ सालमा ५ कुण्डको कोटीहोम आयोजना गरेका थिए । अहिले सो क्षेत्रको नाम कोटीहोम रहन गएको छ । झापाको सताक्षीधाममा आयोजना गर्न लागिएको कोटीहोमको कुण्डीय महत्वका आधारमा नेपालमै पहिलो र ठुलो मानिएको अन्तराष्ट्रिय विद्धतपरिषदका प्रवक्ता खनालले दावी गरे । कोटीहोमले पर्यावरणलाई सुद्ध गर्ने धार्मीक बिश्वास छ ।

कोटिहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्चहुने अनुमान समेत गरेको छ । आयोजकका अनुसार सवैभन्दा धेरै खर्च चरु २७,००० किलो ग्रामको ७१ लाख हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here