सुनसरी ।

देशभर बलात्कारका घटना बढीरहेका बेला प्रहरीबाटै एक महिला बात्कृत भएको घटना सार्वजानिक भएको छ ।
सुनसरीको धरानस्थित एक एकल महिलाले आफू प्रहरी असईबाट नै बलात्कृत भएको बताएसंगै यो घटना बाहिर आएको हो । धरान उपमहानगरपालिका–४ स्थित पत्रङबारी प्रहरी चौकीका इन्चार्ज असई पिताम्बर अधिकारीमाथि एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।
मादक पदार्थ सेवनगरी घरमै आएर असई अघिकारीले आफूलाई बलत्कार गरेको ती महिलाले बताएकी छन् । शनिबार नै धरान उपमहानगरपालिका–४का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको छ।
श्रीमानको निधनपछि ती महिला चार छोराछोरीसँग पत्रङवारीस्थित आफ्नै घरमा जीवन निर्वाह गर्दै आएकी थिइन् । प्रहरी सहायक निरीक्षक अधिकरीले बुधबार मध्यरातमा सुतिरहेको अवस्थामा आफुलाई बलत्कार गरेको ती महिलाले बयान दिएकी छन् ।
उनले शनिबार नै इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएकी छन् । पीडित महिलाको उजुरी दर्तासँगै प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरेर घटना बारे अनुसन्धान सुरु गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
धरान–४का वडासदस्य धनबहादुर कुलुङले प्रहरीबाटै स्थानीय महिला बलात्कृत भएपछि परेपछि स्थानीयमा त्रास फैलिएको बताए ।






























