काठमाडौँ ।
हिजोदेखि सुरु भएको पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम आज पनि जारी रहने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
भिटामिन ए सँगै महिला स्वास्थ्य स्वयंसेविकाबाट छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिइने छ ।
भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालित गरिने छ ।































