पाँचथर,
सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था लि चारपानेले आफ्नो कार्यक्षेत्रभित्रका दुई स्थानीय निकायहरुलाई एम्बुलेन्स सहयोग गर्ने भएको छ ।
सस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाचँथरको कुम्मायक गाँउपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई एक एक थान एम्बुलेन्स अनुदानमा सहयोग गर्ने भएको हो । आइतबार कुम्मायक गाउँपालिका पाचँथरको सभाहलमा आयोजित कार्यक्रममा सहारा नेपाल साकोस लि का पधादिकारी तथा गाउँपालिका वीच सहारा नेपाल साकोस लि ले एम्बुलेन्स सहयोग गर्ने बारे पहिलो चरणको छलफल भएको हो । 
सहारा नेपाल साकोसको तर्फबाट संचालक समिति सदस्य शुक्रबहादुर तामाङ, संकर रिजाल,नरहरी न्यौपाने,उप निर्देसक लक्ष्मण खतिवडा,इलाम अनुगमन अधिकृत तोयानाथ आचार्य,यासोक सेवा केन्द्र प्रमुख मदन कुमार श्रेष्ठ, कर्मचारी मुकुन्द उप्रेती तथा कुम्मायक गाउँ पालिकाकाको तर्फबाट उप प्रमुख सीता आचार्य,प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भटराइ,स्वास्थ्य र्चाकी प्रमुख केदार खड्का, नेपाल रेडक्रस सोसाइटी कुम्मायक सतापती गजेन्द्र आचार्य लगायतका पधधिकारी विच छलफल भएको छ । नेपालकै सबैभन्दा ठुलो रहकारी सस्थाको रुपमा रहेको सहारा नेपाल साकोसले आफ्ना कार्यक्षेत्र भित्रका स्थानिय तहहरुमध्ये यस पटक अन्य तिर भन्दा विकटमा आफ्नो सेवाकेन्द्र रहेको पाचँथरको कुम्मायक गाउँपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई छनोट गरी एम्बुलेन्स सहयोग गर्ने निणर्य गरेको सस्थाका उप निर्देसक लक्ष्मण खतिवडाले जानकारी दिनुभयो । सस्थाका संचालक समिति सदस्य संकर रिजालका अनुसार सहारा नेपालले दूवै स्थानिय तहहरुलाइ आवस्यक प्रकृया पुरा गरी एक कार्यक्रमका विच एम्बुलुन्स हस्तान्तरण गर्ने बताउनु भएको छ । सहारा नेपाल र कुम्मायक गाउँपालिकाविच आगामी दिनमा वुवा स्वरोजगार, कृषि, क्षमता विकास लगायलको क्षेत्रमा सहकार्य गरी गरिव तथा विपन्न वर्गको हितका योजना बनाउदै अघि बढ्ने सहारा नेपालको लक्ष्य रहेको छ ।
सहाराले आफ्नो गाउँपालिकालाई एम्बुलेन्स जस्तो मावविय सेवाको अति आवस्यक साधन अनुदान सहयोग गर्ने निर्णयको सिङगो गाउँपालिकानै खुशी भएको गाउँ पालिका उपाध्यक्ष सीता आचार्यले बताउनु भयो उहाँले आफ्नो ठाउँमा अति आवस्यक रहेको एम्बुलेन्स सहयोगले कुम्मायका जनतालाई सहारा नेपालको सहारा पाएको बताउदै सहाराले दिएको एम्बुलेन्सलाई पालिकाको मातहतमा राखेर अधिकतम सदुपयोग गर्ने बताउनुभयो ।































