स्वदेशी वस्तुमै रमाउन सिकौं

0
442

अहिले कात्तिक महिना चल्दैछ । कात्तिकलाई कालो पनि भन्ने गरिन्छ । यही महिना बत्ती र फूलको झिलिमिलीले नेपाल धर्ती सिंगारिन्छ वैदिक सनातनी परम्पार अनुसार धनकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व अर्थात् तिहार यसै समयमा पर्ने कारणले यो महिनालाई उल्लासको पर्व पनि भनिन्छ ।

नेपाली संस्कृतिमा प्रकृतिलाई पनि ईश्वर मानिन्छ । त्यही कारण प्रकृति कै एक अंक काग, कुकुर, गाई र गोरुको समेत पूजा गरेर तिहारलाई स्मरणीय बनाइन्छ । युमनाले दाजु यमराजलाई आफ्नो घरमा राखेर विशेष पूजा गरेको पौराणिक कथन अनुसार दाजुभाइलाई दिदीबहिनीको हातबाट टीका लगाएर पवित्र, निःस्वार्थ र समर्पित प्रेम गर्ने भाइटीका तिहारको सर्वाधिकार महत्वको समय पनि हो यो ।

यतिबेला नेपालीका आँगनमा सयपत्री र मखमली फूलले ढपक्क ढाकिएका हुन्छन् । ग्रामीण समाजमा यस्ता चाडपर्वहरुको बेग्लै रौनक हुन्छ प्रतिक्षा र तयारी हुन्छ । घरमा कमेरो माटोले पोल्नु, सिंगार्नु र बारीमा जातजातका फूल फुलाएर प्रकृतिमा हराउनु खासगरी ग्रामीण समाजको विशेषता नै हो । पछिल्लो समय नेपालीमा माटोसँग खेल्ने, रमाउने र माटोमा सृजना पोख्ने कलात्मकता घट्दै गएको छ । प्रकृति प्रदत्त सौन्दर्यको ठाउँ कृत्रिमताले लिन थालेको छ। त्यसकै उदाहरण शहर–बजार क्षेत्रमा बालिने दीप र झिलिमिली भएका छन् । अर्थात् बजार क्षेत्रहरुमा स्थानीय कलाकारहरुले माटोलाई बनाएका दीयोको साटो तिहार नमान्ने चीनमा बनेका विद्युत् दीयो सजिन थालेको छ । यसले हाम्रो कला लोप हुने चिन्ता एकातिर बलियो भएको छ भने अर्कातिर प्रत्येक वर्ष लाखौं रुपैयाँ विदेशिने गरेको छ।

बत्ती जस्तै झिलिमिली देखिने फूलको उपयोग पनि उच्च रहने यो समय आयातित फूलहरुले बजार ढाक्ने गरेका छन् । एकातिर माटोसँग मित लगाएका युवाशक्ति पलायन छन् भने अर्कातिर खाद्यान्नलाई मात्र कृषि कर्मका रुपमा लिने मानसिकताले हामी दोहोरो पीडा खप्न बाध्य छौं । यही समय उत्पादनलाई व्यवसाय बनाएकाहरुको संगठन फ्लोरिकल्चर एशोसिएशन नेपालले गैर पुष्प व्यवसायीले बिक्री गरेको फूल नकिन्न आम उपभोक्तासँग आग्रह गरेको छ । संघले भारतीय बजारबाट निर्वाध आयातित फूलका कारण नेपाली माटोमा उत्पादन गरेको फूलको बजारीकरणमा समस्या हुने जनाएको छ । माटो नै माटोको देश भएर पनि माटोजन्य उत्पादनमा परनिर्भरता बढ्नुपर्ने अर्थमा पनि अहितकर हुन्छ यो सत्य हो । त्यसैले संघको आग्रह स्वनिर्भरताको सहायक छ र यसले आयातमुखी अर्थतन्त्रलाई समेत सुधार गर्न सक्छ ।

चाडै गल्ने, सड्ने र नष्ट हुने कारणले आयातकर्ताले राशायनिक वस्तुको प्रयोग गर्नुपर्छ । यस्ता रासायन विषादियुक्त हुन्छन्, जसले मानव स्वास्थ्यलाई हानी पु¥याउँछ । मानिसको सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य भएका कारण उपभोक्ता स्वयम्ले सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य भएका कारण उपभोक्ता स्वयम्ले सचेत हुनुपर्छ । त्यसकारण पनि स्थानीय फूल उत्पादक कृषक र कृषक समूहलाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी स्वदेशी फूलको प्रयोगमा सबैले ध्यान दिनु पर्दछ । त्यसैगरी हाम्रा परम्परागत कला, संस्कृति र पहिचान बन्दै आएका माटोमा भाँडाकुँडा र त्यसको उपयोगबाट हुने लाभको मूल्यांकन गरी व्यवहार परिवर्तन गर्न, बुद्धिमानी हुन्छ । यसले बर्षेनि बाहिरिने नेपाली मुद्राको सञ्चय गर्दै आत्मनिर्भरताको बाटो लाग्न बल पु¥याउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here