काँकरभिट्टा ।

विश्व पोलियो दिवस २४ अक्टोबरको अवसर पारेर विहीबार झापाको मेचीनगरमा चेतनामुलक कायृक्रम सम्पन्न भएको छ । पोलियो भ्याक्सिनका आविष्कार जोन सार्कको स्मृतिमा रोटरी इन्टरनेशनलको अगुवाइमा विभिन्न कार्यक्रम गरी मनाउने सुरुवात भएको हो ।
यसै अवसरमा रोटरी क्लब अफ काँकरभिट्टाले विविध कार्यक्रम आयोजना गरेको हो । काँकरभिट्टा रोटयाक्ट क्लबको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय स्तरबाटै पोलियो उन्मुलन गर्न आवश्यक भूमिका निर्वाह गर्नुपर्ने भन्दैं क्लबले मेचीनगर नगरपालिकामा ‘इण्ड पोलियो नावो’ तथा ‘द फोर वे टेस्ट’ लेखिएका दुई अलग अलग वोर्ड स्थानीय सरकारलाई प्रदान गरेको छ ।

मेचीनगर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौला, क्लवका प्रेसिडेण्ड इलेक्ट कृष्णकान्त खनिया पास्ट प्रेसिडेण्ड दिलीप सुवेदी, प्रेसिडेण्ड इलेक्ट नोमिनि रोहितकुमार बुडाथोकी विर्तामोड रोटरी क्लवका पास्ट प्रेसिडेण्ट आमोद आचार्यलगायतले वोडसहित टि सर्ट क्याप प्रदान गर्नुभएको थियो ।
नगरपालिकाकातर्फबाट वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती तथा वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङले ग्रहण गर्नुभएको थियो । सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश क्लबका पास्ट प्रेसिडेण्ड दिलीप सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ प्रशासकिय अधिकृत वस्ती तथा वडानम्बर—६ का वडाध्यक्ष तामाङले रोटरीले पोलियो निवारणमा देखाएको भूमिका सह्रानिय भएको बताउँदै उस्का हरेक कार्यक्रममा सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । पोलियो उन्मुलनका लागि आफ्नै सदस्यबाट चन्दा उठाउने, चन्दाको लागि अन्य दातृ संस्थाहरुलाई उन्मुख गर्ने, सामुदायिक स्तरमा स्वयमसेविहरु परिचालित गर्ने र पोलियो विरुद्ध जागरण अभियान गर्ने पोलियो उन्मुलनमा रोटरीका चार कसिरहेको अध्यक्ष निरौलाको भनाई थियो । यस कार्यको लागि रोटरीबाट १ दशमलव ६ अर्ब डलर उठाउनुका साथै अन्य दातृ संस्थाबाट समेत गरि ७ दशमलव २ अर्ब डलर उपलब्ध गराइसकेको छ ।

सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल रहको छ । रोटरीको यस कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको छ । यो सँगै २०१४ मा नेपालसहित ११ देशलाई विश्व स्वास्थ्य संगठनले पोलियोमुक्त देश घोषणा गरेको छ । यसमा रोटरीको भूमिका निक्कै ठुलो छ । विश्वबाट शतप्रतिशत पोलियो उन्मुलन गर्नलाई मात्र अफगानिस्तान र पाकिस्तान बाकी छ । यी दुईदेशबाट पोलियो उन्मुलन भए लगत्तै विश्वबाट पोलियो उन्मुलन हुन्छ ।
रोटरी इन्टरनेशनलको रोटरी फाउन्डेशन अन्तर्गत नेपालमा पनि नेपाल नेशनल पोलियो प्लस कमिटिले नेपाल सरकार, विश्व स्वास्थ्य संगठन , यूनिसेफ तथा अन्य संघ सस्थासंग मिलेर नेपालमा २०५३ साल देखि पोलियो लगायत अन्य खोप कार्यक्रमहरुमा निरन्तर काम गर्दै आएको छ ।
नेपालमा पनि रोटरी इन्टरनेशनल नेपाल नेशनल पोलियो प्लस कमिटिको आयोजना र रोटरी डिस्ट्रिक ३२९२ नेपालका रोटरीयन, रोटयाक्ट, इन्ट्रयाकका साथै रोटररियन परिवारका अन्य सदस्यहरुको सक्रिय सहभागितामा देशका विभिन्न २१ स्थानमा विविध कार्यक्रम गरी यो दिवस मनाइएको सचिव श्रेष्ठले बताउनुभयो । काठमान्डौ , ठिमी भक्तपुर, पनौती, धुलिखेल, दमौली , पोखरा, वालिङ, बागलुङ्ग गोर्खा, लम्जुङ, भैरहवा, कपिलबस्तु , धनगडि, विराटनगर, धरान, इटहरी, तुलसीपुर , विरगंज, काकरभिट्टा, चितवन पाल्पामा विविध कार्यक्रम गरी मनाइएको हो ।

त्यस्तै विभिन्न समयमा हुने पोलियो तथा अन्य खोप अभियानको लागि खोप केन्द्र ब्यानर, पोस्टर, पम्पप्लेट, निमन्त्रण कार्ड तथा अन्य प्रचार प्रसार सामाग्रिहरु पनि उपलब्ध गराएकोछ । यस्ता खोप अभियानमा रोटरी डिस्टिक ३२९२ नेपालका रोटरीयन, रोटयाक्ट, इन्टयाकका साथै रोटररियन परिवारका अन्य सदस्यहरु पनि सक्रिय रुपमा सहभागि हुँदै आइरहेका छन् । पोलियो खोप अभियान शुरु भएबाट नेपालमा जनमानसमा आफ्ना बालबाकिालाई पोलियो तथा अन्य नेपाल सरकारले सञ्चालनमा ल्याएका खोपहरु समयमै दिनुपर्छ भन्ने जागरुकता आएको पाइएको छ ।
विकसित मुलुकका बालबालिकाले नियमित खोप कार्यक्रममा ३२ प्रकारका रोग विरुद्धको खोप पाउछन् भने हाल नेपालमा ११ रोग विरुद्धका खोपहरु विभिन्न दातृ निकायहरुको सहयोगमा नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।






























