सुरुङ्गा ।
बिमली बन्धु समाज केन्द्रीय समितिले ज्येष्ठ माता १ सय ३ वर्षीय जानुकादेवी बिमली र असल बुहारीका रुपमा गोमादेवी बिमलीलाई सम्मान गरेको छ ।
स्वर्गीय डिल्लीराम बिमलीको बार्षिक पुण्यतिथिको अवसर पारेर पत्नी राधादेवी बिमली र छोरा बुहारी एवम् छोरीहरुबाट आफ्ना पति तथा पिताको स्मृतिमा स्थापित डिल्ली पवित्रा स्मृति अक्षयकोषबाट ज्येष्ठ माता जानुकादेवीलाई नगद १२ हजार र असल बुहारी गोमादेवीलाई ३ हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।
बिमली वन्धु समाजका केन्द्रीय अध्यक्ष श्रीप्रसाद बिमलीको अध्यक्षतामा र निवर्तमान अध्यक्ष नन्दमणि बिमलीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बिमली वन्धु समाजका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद विमलीले स्वागत तथा कार्यक्रमका औचित्यता माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा बिमली वन्धु समाजका उपाध्यक्ष डिल्लीप्रसाद बिमली, सल्लाहकार यमनाथ बिमली, प्रदेश नं १ का अध्यक्ष रोशन बिमली लगायतको आतिथ्य रहेको थियो । राधादेवी बिमली र उनको परिवारबाट १ लाख ४० हजार रुपैयाँको अक्षयकोष गत वर्षबाट राखिएको थियो भने उक्त अक्षयकोषको राशीलाई छोरीहरुबाट थप गरी यो वर्षबाट २ लाख २२ हजार पु¥याइएको छ ।
आगामी दिनमा अक्षयकोषको राशीलाई बढाउँदै जाने र पुरस्कारको दायरालाई समेत फराकिलो बनाउँदै लैजाने विमली वन्धु समाज प्रदेश नं १ का सचिव खड्ग प्रसाद विमलीले बताए । सम्मान कार्यक्रम विमली वन्धु समाजका महासचिव सरोज बिमलीले संचालन गरेका थिए ।































