अर्जुनधारामा धनवन्तरी ज्यन्ती मनाइयो

0
1013

अर्जुनधारा ।

“दिगो स्वास्थ्यको आधार आयुर्वेद उपचार” भन्ने मुख्य नारासहित शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा शनिबार धनवन्तरी ज्यन्ती तथा राष्ट्रिय आरोग्य दिवस सम्पन्न भएको छ ।

अर्जुनधारा–७का वडाध्यक्ष एवम् औषधालय व्यवस्थापन समितिका अध्यक्ष नवराम ढुंगानाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुनम सुवेदीले गरेकी थिइन् ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य प्रत्युस राना, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, अर्जुनधारा उद्योग वाणिज्य संघका चर्तुभूज काफ्लेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन औषधालयकी वैद्य सुमन तिम्सिनाले गरेकी थिइन् ।

विगत वर्षहरुमा जिल्ला आयुर्वेद कार्यालयले मनाउँदै आएको उक्त दिवस जनप्रतिनिधि निर्वाचित भएर आएसँगै अर्जुनधारा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरि मनाउँदै आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here