भारतीय गाडी प्रयोग गरी झापामा चोरी

0
373

भद्रपुर ।

भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक –डिएसपी_ महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

सिसी क्यामेरा फुटेजको सहयोगमा भारतीय नागरिक साहलाई ठुलो परिणामको सुनको गरगहना चोरी गरी भाग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार कमल गाउँपालिका ६ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ३५ बर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ बर्षीया मधु गुप्ताको घरबाट बुधवार दिउँसो कोही नभएको मौका छोपी साहले चोरी गरेको थियो ।

एकै पटक तीन वटा घरमा चोरी भएको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सिसी क्यामेराको फुटेज हेरेर साहको पहिचान गरी बिर्तामोड ५ बाट पक्राउ परेको हो ।

‘भारतीय नागरिक साह डब्लुबी ७४ एम २७२४ नम्बरको जिपमा एक्लै चढेर नेपाल आएको हो’, डिएसपी श्रेष्ठले भने, ‘काँकडभिट्टा नाकाबाट नेपाल छिरेका साहले बिर्तामोडमा आएर चोरी गरी भारत फर्किने क्रममा पक्राउ पर्‍यो ।’, उनको गाडी चेकजाँच गर्दा चोरी गरिएको लाखौँ मूल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली ३८ हजार र भारतीय१३ हजार ७ सय रुपैयाँ बरामद भएको उनले बताए ।

बरामद भएको गरगहना र नगदसहित साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ । यसअघि पनि मेचीनगर र भद्रपुर क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी चढेर दिउँसै चोरी तथा डाका घटना झापामा भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here