बिरीङ नदीमा छठको तयारी

0
734

बिर्तामोड,
छठ समाज सेवा समिति विर्तामोडले आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व विरिङ खोलामा मनाउने तयारी गरेको छ ।
बिर्तामोडको अन्धुवा खोलामा हुदै आएको छठ पूजा बिगत छ बर्षदेखि विरिङ खोलामा गरिँदै आएको छठ समाज सेवा समिति विर्तामोडका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

 

विरिङपुल उत्तर खोलाको पूवी तटमा हुने छठ पूजा व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको उनले बताए ।
छठ समाज सेवा समिति अन्तर्गत छठ पूजा सम्पन्न गर्नको लागि कार्यक्रम संयोजक सञ्जयकुमार शर्मालाई चयन गरिएको छ । त्यस्तै अर्थ व्यवस्थापन उपसमितिको संयोजकमा वरुण चौधरी , घाट व्यवस्थापन उपसमितिको संयोजकमा शंकर भगत , टेण्ट व्यवस्थापन उपसमितिको संयोजकमा रामेश्वर दिवेदी , मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा अशोक चौधरी , स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिको संयोजकमा उपेन्द्र प्रधान , विजुली वत्ति व्यवस्थापन उपसमितिको संयोजकमा दिलिप दास , कुपन व्यवस्थापन उपसमितिको संयोजकमा विक्की चौधरी , प्रसाद व्यवस्थापन उपसमितिको संयोजकमा देवेन्द्रकुमार सिंह , सामाजिक संघ संस्था समन्वय उपसमितिको संयोजकमा भगीरथ पोद्धार , यूवा स्वयम्सेवक व्यवस्थापन उपसमितिको संयोजकमा दिपक साह , प्रचारप्रसार उपसमितिको संयोजकमा दिपक साफी , भजन–कीर्तन व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण श्राफ रहेका छन् ।

छठ पूजाका लागि विरीङ नदी किनारमा चार सय भन्दावढी घाट तयार गरिएको र झापाको बिर्तामोड , चारपाने , लक्ष्मीपूर , दुर्गापूरका पाँच सय भन्दा वढीले छठ पूजा गर्ने छठ समाज सेवा समिति विर्तामोडका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए । विरीङ नदी किनारमा पूजास्थल (घाट) देखि बिजुलीबत्ती जडान,टेण्ट व्यवस्थापन स्वागत गेट, हेल्पडेस्क, सरसफाई , खानेपानी व्यवस्थापन, सुरक्षा बिट, निर्माण गरिएको उनले बताए ।

विरीङ नदी किनारमा हुने छठ पूजाको उद्घाटन प्रदेश १ का आन्तरीक तथा कानून मन्त्री हिक्मत कार्कीले गर्ने छठ समाज सेवा समिति विर्तामोडका महासचिव मनोज रौनियारले जानकारी दिए । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भव्यरूपमा छठपर्व मनाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here