सुनसान बन्दै सताक्षीधामका गाँजा, चरेस पाउने अखडाहरु

0
994

विनोद पाण्डे ,चारपाने।

द्वापरयुगको ऐतिहासिकता बोकेको झापाको एक प्रशिद्ध धार्मिक स्थल हो –सताक्षीधाम । धार्मिक र प्राकृतिक पर्यटकिय दृष्टिले विगतमा देशमा प्रख्यात रहेको यस स्थल दुई दशकदेखि ओझेलमा पर्दै आएको छ ।

एकान्त ठाउँ, घनाजंगल, खोला, खोल्सा अनि गाउँबस्ती, बिजुली, बाटो, सञ्चारको सुविधा नहुनु, १० बर्षे माओवादी जनयुद्धसँगै मन्दिर क्षेत्रमा हुने लागूपदार्थ गाँजा लगायतको बेचबिखन र सेवनकर्ताको जमघटका कारण यस क्षेत्रमा भय, त्रास, असुरक्षा बढ्न थालेपछि भक्तजन, पर्यटकको संख्यामा कमी आएको छ ।

त्यही बिग्रेको पहिचानका कारण अहिलेसम्म पनि सताक्षीधाममा सोचे जस्तो भक्तजन, पर्यटक अझै पनि पुग्न सकेका छैनन् । तर, स्थानीय सरकार गठन भएएता भने यस क्षेत्रको चौतर्फी विकासका लागि सरोकारवालाहरु एकजुट भएर लागि पर्न थालेका छन् ।

सताक्षीधामको बिग्रेको अवस्थामा सुधार गर्न नगरपालिका, स्थानीयबासी, साधुसन्त, प्रहरी, आमा समूह, यूवा समूह लगायत सताक्षीधाम सुधारको लागि सक्रिय बन्दै आएका छन् । बाटो, बिजुली मठमन्दिर धर्मशालाहरु निमार्ण लगायतका भौतिक निर्माण कार्य धमाधम बनिसकेका छन् भने कति बन्ने क्रममा रहेका छन् ।

अन्य भौतिक अवस्था सुधारसँगैै गाँजा, चरेसको बिक्री निषेध गरिएपछि सेवनकर्ताको आवतजावतको मुख्य स्थान कै रुपमा रहेको सताक्षी मन्दिर परिसर आजभोलि शान्त बन्दै गएको छ । सरोकारवालहरुको निगरानी र कडाई हुन थालेपछि तीन महिनायतादेखि सताक्षीधामका साधुका गाँजा, चरेस खाने र बिक्री गर्ने अखडाहरु सुनसान भएका छन् भने केही गेरु बस्त्रधारीहरु पलायन पनि भइसकेका छन् । सेवन गर्न आउनेहरु एकपछि अर्को कारवाहीमा पर्न थालेपछि त्यहाँ आउनेहरुको संख्या ९० प्रतिशतले कमी आएको एक अखडामा सेवक बनेर बसेका झापा अर्जुनधाराका वेनुप घिमिरेले बताए ।

तीन महिनायता गाँजा सेवनकर्ता साधु, विद्यार्थी गरी ४५ जनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । उनीहरुलाई आवश्यक परामर्श दिएर अब आइन्दा नबेच्न र नखान सचेत गराएर अभिभावकहरुलाई जिम्मा लगाएको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here