मौलिक सामग्रीको संरक्षण गर्दै न्यूटन्सका विद्यार्थी

0
1254

बिर्तामोड।

हामी नेपाली कला संस्कृतिको धनी छांै । तर, पछिल्लो समय पाश्चात्य संस्कृतिले गर्दा हाम्रो कला संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेको छ ।

मौलिक बाद्यबादन, गाउँघरमा प्रयोग गरिने सामग्री, मौलिक लोकसंस्कृति झल्कने सामग्री, मौलिक कला संस्कृतिको संरक्षण सम्वद्र्धन गर्नुपर्छ भन्ने भाषण धेरै सुनिए पनि कहिँकतैबाट पनि त्यसको संरक्षण सम्वद्र्धन गर्न कुनै पहल हुन सकिरहेको छैन । जसले गर्दा ती सामग्रीहरु अब संग्रहालयमा हेर्न जानुपर्ने अवस्था आउने निश्चित प्रायः छ ।

तर, लोपोन्मुख हुने अवस्थामा पुगेका ती सामग्रीहरुको संरक्षण सम्वद्र्धन गर्न झापा बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीमा अध्ययनरत् बिद्यार्थीहरु सक्रिय भएका छन् । न्यूटन्स एजुकेशन एकेडेमीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत् बिद्यार्थीहरुले दशैं, तिहार, छठमा दिइएको एक महिने विदालाई सदुपयोग गर्दै मौलिक बाद्यबादन, गाउँघरमा प्रयोग गरिने पुराना सामग्री, मौलिक लोकसंस्कृति झल्कने सामग्री निर्माण गरी प्रदर्शन गरेका हुन् ।

न्यूटन्स एजुकेशन एकेडेमीले चाडपर्वको लामो विदामा आफ्ना नानीहरुका लागि अभिभावक समक्ष पठाएको १२ बुँदे सन्देशको अनुशरण गर्दै उनीहरुले ती सामग्रीहरुको खोजी गरी संरक्षण गरेको बताइएको छ । हाल उपचारका क्रममा अमेरिकामा रहेका न्यूटन्सका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईं र संस्थापक धर्माकुमारी प्रसाईंले सन्देश पत्र विद्यार्थी मार्फत नै अभिभावक समक्ष पठाएका थिए । कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले नेपाली विषयसँग सम्बन्धित परियोजना कार्य अन्तर्गत विदाको सदुपयोग गर्दै ती सामग्रीहरु निर्माण गरेको बताइएको छ ।

विद्यार्थीहरुलाई किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञान दिने उद्देश्यले उक्त कार्य गराइएको विद्यालयका ओभरअल इञ्चार्ज देवेन्द्र हुमागाँईले बताए । पश्चिमी संस्कृतिको प्रभावले आफ्नो मौलिक कला, धर्म, संस्कृति र गाउँघरमा प्रयोग गरिने पुराना सामग्रीहरु विद्यार्थीहरुले भुल्दै गएको र तिनीहरुको संरक्षण सम्बद्र्धन गर्नुपर्छ भन्ने सन्देश दिन उक्त कार्यक्रम गरिएको उनले बताए ।

विद्यार्थीहरुले निर्माण गरेका सामग्रीहरुको शुक्रबार विद्यालयमा प्रदर्शन समेत गरिएको थियो । विद्यार्थीहरुले आफ्नै खर्चमा ती सामग्रीहरु निर्माण गरेको र त्यसको बिक्रीबाट संकलित रकमले साममाजिक कार्य गर्ने विद्यालयकी शिक्षक नायव तथा लोअर सेकेण्डरी इञ्चार्ज मिनु शिवाकोटीले जानकारी दिइन् ।

शुक्रबार विद्यालयमा उक्त सामग्रीहरुको त्रैमासिक परीक्षा फल समेत प्रकाशित गरिएको र विद्यार्थीहरुको माक्र्ससिट लिन आउने अभिभावकहरुले ती सामग्रीहरुको अवलोकन गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here