सुरुङ्गा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना कार्यर्कालाई माइन्युट लेखन तथा उद्घोषण तालिम दिएको छ ।
कार्यकर्तालाई पार्टी सञ्चालनमा चुस्तता ल्याई सहज रुपमा कमिटीहरु परिचालन गर्न तथा जनवादी केन्द्रीयताको सफल अभ्यास गर्न सघाउ पुगोस् भनी सो तालिम आयोजना गरिएको बताइएको छ । नेकपाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ को आयोजनामा कनकाई सामुदायिक वन समूहको सभाहलमा सो तालिम सम्पन्न भएको हो ।
तालिममा कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका २८ वटा वार्ड कमिटीका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख सहजकर्ता नेकपा झापा सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख रमेश गुरागाईले उद्घोषण कलाका बारेमा व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए भने नेकपाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ का अध्यक्ष राधाकृष्ण खनालले कमिटीहरुका बैठक सञ्चालन कार्यविधि तथा प्रस्ताव र निर्णय लेखनका बारेमा प्रष्ट पारेका थिए । तालिम अत्यन्तै उपयोगी रहेको र पार्टी सञ्चालन पद्धतिमा बैठक सञ्चालन र निर्णय लेखनसम्बन्धी ज्ञान दिन तालिम सफल भएको सहभागीहरुले बताएका छन् ।
झापा जिल्ला स्कूल विभाग सदस्य इन्द्र निरौला, कनकाई नगर कमिटी अध्यक्ष रवीन्द्र लम्साल, सचिव विष्णुप्रसाद बिमली, प्रचार विभाग प्रमुख कृष्णकुमार खतिवडा, युवा नेता बिनोद रानामगर लगायतको आतिथ्य रहेको कार्यक्रममा नेकपा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ (ख) का अध्यक्ष खेमनाथ मिश्रले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ का सचिव रामप्रसाद लिम्बूले गरेका थिए । सुरुङ्गा, कात्तिक २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना कार्यर्कालाई माइन्युट लेखन तथा उद्घोषण तालिम दिएको छ ।
कार्यकर्तालाई पार्टी सञ्चालनमा चुस्तता ल्याई सहज रुपमा कमिटीहरु परिचालन गर्न तथा जनवादी केन्द्रीयताको सफल अभ्यास गर्न सघाउ पुगोस् भनी सो तालिम आयोजना गरिएको बताइएको छ । नेकपाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ को आयोजनामा कनकाई सामुदायिक वन समूहको सभाहलमा सो तालिम सम्पन्न भएको हो ।
तालिममा कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका २८ वटा वार्ड कमिटीका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख सहजकर्ता नेकपा झापा सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख रमेश गुरागाईले उद्घोषण कलाका बारेमा व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए भने नेकपाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ का अध्यक्ष राधाकृष्ण खनालले कमिटीहरुका बैठक सञ्चालन कार्यविधि तथा प्रस्ताव र निर्णय लेखनका बारेमा प्रष्ट पारेका थिए । तालिम अत्यन्तै उपयोगी रहेको र पार्टी सञ्चालन पद्धतिमा बैठक सञ्चालन र निर्णय लेखनसम्बन्धी ज्ञान दिन तालिम सफल भएको सहभागीहरुले बताएका छन् ।
झापा जिल्ला स्कूल विभाग सदस्य इन्द्र निरौला, कनकाई नगर कमिटी अध्यक्ष रवीन्द्र लम्साल, सचिव विष्णुप्रसाद बिमली, प्रचार विभाग प्रमुख कृष्णकुमार खतिवडा, युवा नेता बिनोद रानामगर लगायतको आतिथ्य रहेको कार्यक्रममा नेकपा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ (ख) का अध्यक्ष खेमनाथ मिश्रले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. ४ का सचिव रामप्रसाद लिम्बूले गरेका थिए ।