अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ मा रहेको श्रद्धा कृषि सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष प्रेमसागर सापकोटाको अध्यक्षता र संस्थाका ज्येष्ठ शेयर सदस्य तोरणप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य देवीप्रसाद पाठकले गरेका थिए ।
त्यसैगरी कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष सापकोटाले र आन्तरिक लेखा समितिको प्रतिवेदन समितिका संयोजक केदारनाथ पोखरेलले प्रस्तुत गरेका थिए ।
जम्मा चुक्ता शेयर पूँजी ७२ लाख नौ हजार आठ सय रुपैयाँ रहेको संस्थाको गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा आम्दानी ३३ लाख १४ हजार तीस रुपैयाँ ६० पैसा, जम्मा खर्च २६ लाख १० हजार आठ सय ७० रुपैयाँ ८५ पैसा र सञ्चालन नाफा सात लाख तीन हजार एक सय ५९ रपैयाँ ७५ पैसा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सोही कार्यक्रमको सन्दर्भमा असल ऋणी सरस्वती चौधरी, असल बचतकर्ता कष्णमाया सुवेदी, असल कृषक दीपेन्द्र आचार्य, शेयर सदस्यहरुका सन्तानहरुमध्ये गत वष २०७र्५को एसईई परीक्षामा उत्कृष्ट ग्रेड लिई उत्र्तीण हुने सामुदायिकतर्फ जीतेन्द्र तामाङ र संस्थागततर्फ अस्मिता पोखरेललाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर १का सांसद् वृख प्रधान, नगर सहकारी संघ समन्वय समितिका सचिव कृष्णप्रसाद चापागाईं, ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कुसुम राई, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, शनिश्चरे साना किसना कृषि सहकारी संस्थाका अध्यक्ष भैरवबहादुर खड्का, संस्थाका संस्थपक व्यवस्थापक लक्ष्मीप्रसाद मिश्रलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव छविलाल शिवाकोटीले गरेका थिए ।
सोही सभाले आगामी चार वर्षे कार्यकालको लागि पुनः प्रेमसागर सापकोटाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा छविलाल शिवाकोटी, सचिवमा कृष्णप्रसाद चापागाईं, सहसचिवमा युवराज नेपाल र कोषाध्यक्षमा माया कार्की चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कुमारी भण्डारी, खगेन्द्र इङनाम, नरेश खाती, यशोदा पोखरेल, सीता कँडेल परियार र हेमबहादुर कार्की चयन भएका छन् । त्यसैगरी रुद्रबहादुर न्यौपाने संयोजकोत्वमा कुमार मिश्र र पूष्पलाल अधिकारी सदस्य रहेको तीन सदस्यीय लेखा समिति सभाले गठन गरेको छ । संस्थाको तीन सदस्यीय सल्लाहकार समितिको संयोजकमा पदमकुमार सुब्बा, सहसंयोजकमा कृष्णकुमार भट्टराई र सदस्यमा नरेन्द्रबहादुर राई चयन भएका छन् ।