मेचीपुलमा पुगेर विद्यार्थीले दिए भारतलाई चेतावनी, कालापानी,लिपुलेक हाम्रै हो

0
506

काँकरभिट्टा,

भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपालका धेरै भागलाई भारतीय भुमिमा पारेको विरोधमा शुरुदेखिनै आन्दलोनरत नेपालविद्यार्थी संघ झापाले मंगलबार पूर्वीनाकामा विशाल प्रदर्शन गरेको छ।

नेपाल विद्यार्थी संघ जिल्ला समितिझापाको नेतृत्वमा जिल्लका विभिन्न क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ समर्थक भेलाभएका नेपालविद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै चर्का नारवाजी गरेका थिए ।

मेचीनगर ६ स्थित पञ्चमुखीहनुमानमन्दिर परिसरबाट शुरु भएको र्यालीले काँकरभिट्टा बजारको विभिन्नभागको परिक्रमासहित नेपालभारत छुट्टयाउने मेचीपुलमापुगेर विरोध सभामा परिणत भएको थियो । भारतीयविस्तारवादमुर्दावाद, नालापानीका लागि पूर्खा लडे कालापानीका लागि हामी लड्ने, विदेशी हस्तक्षेप बन्द गर लगायतका चर्का नारावाजी गरेका थिए ।

मेचीपुलमा सम्पन्न विरोध सभामा बोल्दै विद्यार्थी नेताहरुले भारतीय नक्शामा परेको नेपाली भुःभाग फिर्ता गर्न माग गरेका थिए । विद्यार्थी नेताहरुले नक्शा सच्याउनुपर्ने मागसहितकालापानी, लिपुलेक तथालिम्प्याधुरालगायतका क्षेत्र नेपालीभूःभाग परेकाले भारतको नयाँनक्शाबाट नेपालीलाई स्वीकार नगर्ने बताए ।

नेपालीभूःभाग समेटेर भारतले नयाँनक्शा जारी गरेपछि नेपालविद्यार्थी संघ भारतको विरोधमाउत्रिएको छ । भारतले एकपक्षीय ढंगबाट तयार गरेको कुनैपनि निर्णय नेपाली जनतालाई मान्यनहुने स्पष्ट पारेका थिए ।

उनीहरुले मेचीपूलमा पुगेरै भारतको थिचोमिचो सहेर नबस्ने चेतावनीदिएकाथिए । विरोध सभालाई नेपालविद्यार्थी संघका झापा सभापति राजेन्द्र उप्रेतीलगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here