सताक्षी महोत्सवमा फ्रि वाईफाई

२६ कार्तिक २०७६, मंगलवार मा प्रकाशित

सताक्षीधाम ।

उपभोक्ताले मोबाइल सेवा समेत नपाएको झापाको सताक्षीधाममा पहिलो पटक मंगलबार देखी ईन्टरनेट सेवा पुगेको छ ।

शिवसताक्षी नगरपालिका र ईन्टरनेट सेवा प्रदायक निजी कम्पनी युनिफाइड कम्युनिकेशन प्रा.लि को संयुक्त प्रयासमा र्धािर्मक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा पहिलो पटक ईन्टरनेट सेवा विस्तार भएको हो । इन्टरनेशनल ब्यान्डविथ आवश्यक अनुशार कम्तिमा ५० देखी १०० एम.वि.पि.एस र लोकल ब्यान्डवीथ ८०० देखी १००० एम.वि.पि.एस सम्मको क्षमता भएको कम्पनीका संचालक विजय श्रेष्ठले जानकारी दिए ।

इन्टरनेट जडान भएपछि सतासीधाम क्षेत्र आउने तिर्थ यात्री मध्ये एकैपटक करिब १२५० ले प्रयोग गर्न सक्नेछन । सताक्षी महोत्सवमा आउने तिर्थयात्रीको सहजतालाई ध्यानमा राखेर नगरले युनिफाइड कम्युनिकेशन प्रा.लि को सहकार्यतामा धाममा ईन्टरनेट सेवा पुर्याएको नगर प्रमुख चन्द्र कुमार शेर्माले जानकारी दिए ।

कार्तिक २७ गते देखी मंसिर ९ गते सम्म आयोजना हुने सताक्षी धार्मिक महोत्सवको पुर्व सन्ध्यामा ईन्टरनेट सेवा जडान भएपछि महोत्सवमा आउने भारतीय र भुटानी भक्तजनहरुले समेत खुशी ब्यक्त गरेका छन् । महोत्सव परिषरमा भारत र भुटानका हिन्दु धर्मालम्वीको धाममा घुईचो लागेको छ ।

महोत्सव परिसरमा ७ वटा हाई रेन्जको आउट डोरको सिपि तथा रकेट ओम्नी डिभाईस जडान गरीएको नगरका आइटी अफिसर गणेश अधिकारीले बताएका छन । विदेशी पाउनका लागि बनाईएको कुटीमा समेत ईन्टरनेट सेवा पुर्याईएको आयोजक समितिले जनाएको छ ।

सताक्षीधाम धार्मीक महोत्सवको उद्धघाटन १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले गर्ने आयोजक समितिका अध्यक्ष सोम पोर्तेलले बताएका छन । विहान ९ बजे दोमुखा स्थीत कनकाई नदीमा स्नान गरि अर्जुनधारा ज्वलेश्वर धाम हुदै पहिलो पटक योगि नरहरीनाथ ले आयोजनाको कोटिहोम क्षेत्रमा पुगेर झिलझिले सताक्षीधाम क्षेत्रको रमिते डाडाबाट १२ बजे कलश सहितको शोभा यात्रा आयोजना गर्ने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा महामण्डलेश्वर अनन्त श्री विभुसित स्वामी विष्णु वल्लभानन्द महाराज लगायतका धर्म गुरुको उद्धघाटन कार्यक्रममा सहभागिता रहने संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिए । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here