झापा ।
पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बाले शिवसताक्षी–७ चन्द्रडाँगी निबासी १५ वर्षीय किरण राजवंशीलाई आर्थिक सहयोग गरेको छ ।
शारीरिक रुपमा अशक्त, गरीब बृद्धबृद्धा पाहारसिंह राजवंशी र सावित्री राजवंशीका एकमात्र सन्तान किरण जन्मजात बोल्न नसक्ने र उनी विगत १० वर्षदेखि गम्भीर रोगले थलिएको थाहा पाएपछि कनकाई नगरपालिका ९ घैलाडुबास्थित आदर्श विद्या मन्दिरमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सम्मिलित पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बाले छ हजार दुई सय २५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
पूर्व विद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बाका उपाध्यक्ष राजु भुजेल , सचिबमा रुद्रबहादुर बोहोरा, सहसचिव किशोरप्रसाद चम्लागाईं, कोषाध्यक्ष ऋतुकला नेपाल निरौला , सदस्य मनोरथ राजवंशी , चुडामणि राजवंशी , फणिन्द्र उप्रेती ,जमुना कटुवाल खड्का, यादव राजवंशी र कल्पना मगरले किरणको घरैमा पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा किरणकी आमा सावित्रीले सहयोगी दातालाई धन्यवाद दिँदै अरुलाई पनि सहयोग गर्न आग्रह गरेकी थिइन् ।
किरणलाई आर्थिक सहयोग गर्न चाहनेले राष्ट्रिय बाणिज्य बंैक शिबगञ्ज झापाको खाता नम्वर २१७०००००१५१ मा सहयोग रकम जम्मा गरिदिनु हुन वा मोवाइल नम्बर ९८२४९०६४६७ मा सम्पर्क गरिदिन उनले सबैसँग आग्रह गरेकी छिन् ।
यसअघि पुर्ब बिद्यार्थी समाजले आदर्श विद्या मन्दिर घैलाडुब्बाले पुर्ब बिद्यार्थी चिन्ता सेलवाल गौतमलाई उपचारका लागि ३० हजार रुपैयाँ प्रदान गरेको पुर्ब बिद्यार्थी समाज आदर्श विद्या मन्दिर घैलाडुब्बाका अध्यक्ष प्रेमप्रसाद चम्लागाईंले जानकारी दिए ।
पुर्ब बिद्यार्थी समाजले आदर्श विद्या मन्दिर घैलाडुब्बामा अध्ययनरत् विद्यार्थीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्धेश्यले शुद्ध खानेपानी ट्यांकी सञ्चालनमा ल्याएको सचिव रुद्रबहादुर बोहोराले बताए । ।