ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

0
571

खोटाङ ।

खोटाङको रावावेशी गाउँपालिका–३ मा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

रावावेशी गाउँपालिका–३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक थुलुङ दुधकोशी गाउँपालिका–४ का १८ बर्षीय निङमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भई उपचारको लागि हलेशी तर्फ लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here