विप्लव नेतृत्वको नेकपालाई सत्तारुढ दलका उपनेता नेम्वाङ्गको सुझाव

0
608

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

सत्तारुढ दल नेकपा संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सहकारी संस्था समृद्घ भएमात्र देश समृद्घशाली हुने बताएका छन् । नेपाल बहुशउद्घेश्यीय सहकारी संस्था झापाको शनिबार सम्पन्न २७ औँ वार्षिक साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपनेता नेम्वाङ्गले यस्तो बताएका हुन ।

वर्तमान सरकारले अघि सारेको समृद्घ नेपाल सुखी नेपालीको सपना साकार पार्न समेत सहकारीले उल्लेखनिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उपनेता नेम्वाङ्गले त्यसतर्फ लाग्न सवै सहकारीलाई आग्रह समेत गरे । यो सपना साकार पार्न सहकारी महत्वपुर्ण खम्वा भएकाले पनि सहकारीकर्मीहरु सरकारका हरेक कामप्रति सकरात्मकरुपमा सहयोगीको भूमिकामा लाग्नुपर्ने उनको जोड थियो ।

नेपाल बहुउद्घेश्यीय सहकारी संस्था देशकै उत्कृष्ट मध्येमा पर्ने भएकाले यो संस्था अन्य सहकारीका लागि उदारहणिय बन्ने उनले विश्वास गरे । सरकारले महिलालाई निक्कै उच्च प्राथमिकतामा राखेको चर्चा गदैं स्थानीय तहमा ४४ प्रतिशत संसद्मा ३३ प्रतिशत महिला अनिवार्य भए झै यस संस्थामा ५२ प्रतिशतभन्दा बढी महिला सदस्यको संख्या रहेकोमा खुशी लागेको बताए । केही केही सरकारी संस्थामा गलत कार्यहरु भए होलान तर सवै सहकारीलाई त्यही आँखाले हेर्न नहुने भन्दैं उनले हरेक सहकारी संस्थाको समस्या, चूनौतिका बारेमा आफु जानकार रहेकाले प्रधानमन्त्री अर्थमन्त्री समक्ष यी कुरा पुर्याउने सहभागीहरुलाई उनले विश्वास दिलाए ।

एक फरक प्रसंगमा संविधान सभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङ्गले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दोहोर्याए । यो संविधानको स्रोत जनता आफै भएकाले पनि संसारकै उत्कृष्ट संविधान भन्न कुनै अप्ठायारो नपर्ने उनको भनाई थियो । यस अघिका संविधानसँग यो संविधानको तुलना गर्न नसकिने उनले बताए ।

७० बर्षदेखिको जनाताको चाहाना नयाँ संविधानले पुरा गरेको भन्दैं उनले संविधान जारी भएसँगै मुलुक समृद्घिको यात्रातर्फ अघि बढेको धारणा राखेका थिए । जनताको चाहाना अनुसार जनताले मत दिएर पठाएका आफ्ना जनप्रतिनिधिहरुको हातले लेखेको संविधान प्राप्त गर्न नेपाली जनता सफल भएको र अब समृद्घ नेपाल निर्माणमा हरेक नागरिक लाग्नुपर्ने उनको सुझाँव थियो । उनले संविधानमा केही असन्तुष्टी भए त्यसलाई सच्याउन सकिने बताउए ।

जस्को सहभागितामा संविधान लेखियो आज उनीहरुले नै संविधान नमानेको देख्दा अचम्म लागेको भन्दैं उनले भने विप्लव नेतृत्वमा लागेका मित्रहरुलाई भन्न चाहान्छु तपाईहरुकै सहभागितामा संविधान लेखिएको हैन आज कस्का लागि हतियार उठाउदैं हुनुहुन्छ जनताको मत जित्नुहोस अब तर्साएर हुदैन ।

कार्यक्रममा १ नम्बर प्रदेश सभासदस्यद्वय गोपाल चन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठ, जिल्ला सहकारी संंघ झापाका अध्यक्ष गणेश ढकाललगायतले बोलेका थिए ।

उनीहरुले सरकारले अघि सारेको तीनखम्वे अर्थनीतिमा सहकारी समेत परेका कारण देशको अर्थतन्त्र र देशलाई आर्थिकरुपमा मजवुत पार्न देशभरका सहकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको विचार राखेका थिए ।। सहकारीमा देखिएको व्याजदरलाई पुनःविचार गर्न समेत उनीहरुले प्रमुख अतिथि मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यक्रको सभापतित्व गदैं सञ्चालक समितिकातर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको विगत , वर्तमान तथा भावी योजना, कारोवारलगायतका विषयवस्तुलाई प्रतिवेदनमा समेटिएको छ । संस्था सञ्चालक सदस्य ठकुरप्रसाद शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष भगवती घिमिरे मैनालीले स्वागत गरेकी थिईन् । सोहि अवसरमा एसईई परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तानहरुमा सुरेन्द्र शर्मा, सुप्रभा अर्याल, सन्ध्या साह र अर्चन रिजाललाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

६१ प्रिन्ट रगत संकलन

साधारणसभाका अवसरमा संस्थाको स्वास्थ्य समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटि झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा १४ महिलासहित ६१ जनाले रक्तदान गरेको समितिका संयोजक दिलीप सुवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here