जोइन्ट हेन्ड युथ सोसाइटीको प्रथम साधारण सभा सम्पन्न

0
616

बुधबारे।

झापाको बुद्धशान्तिमा रहेको जोइन्ट हेन्ड युथ सोसाइटीको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाको कार्यालय बुधबारेमा सम्पन्न साधारण सभाले शव वहान खरिदको योजनालाई प्राथमिकतामा राखेर जतिसक्दो चाँडो शव वहान खरिद गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष सञ्जील प्रसाईंको सभापतित्व तथा बुधबारे जेसीजका निर्वतमान अध्यक्ष जेसी प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा प्रमुख अतिथि भण्डारी, विशिष्ठ अतिथि तथा सल्लाहकार शुशीला तिवारी, संस्थाका उपाध्यक्ष अनिल वाग्ले, सदस्य दिवस शिवाकोटी, दिनेश खतिवडा लगायतले मन्तव्य राखेको कार्यक्रममा कार्य समिति सदस्य रुद्र निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा सल्लाहकार संयोजकमा प्रकाश भण्डारीलाई चयन गर्ने निर्णय भएको छ भने सदस्यमा दिनेश खतिवडालाई थप गर्ने निर्णय गरिएको छ ।

संस्थाका सचिव गोकुल पौड्यालले सञ्चालन गरेको साधारण सभामा बचत ३ लाख ८६ हजार ५ सय ६२ रुपैंया रहेको प्रतिवेदन निरौलाले प्रस्तुत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here