नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीको आग्रह

१ मंसिर २०७६, आईतवार मा प्रकाशित

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरामा रहेका भारतीय सेनालाई फिर्ता लैजान आग्रह गरेका छन् ।

नेपालको अतिक्रमित भूमि लिम्पियाधुरामा भारतले सन् १९६२देखि आफ्नो सेना राख्दै आएको छ । दुई साताअघि लिम्पियाधुरा, कालापानी, लिपुलेकको करिब ३७२.४ वर्ग किलोमिटर नेपालको अतिक्रमित भूमि समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको थियो । जसको नेपालभर विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले   भारतलाई नेपाली भूमी लिम्पियाधुराबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका हुन् ।

भारतको सो कदमबारे सरकारी धारणा बाहिर नआएको भन्दै सरकारको कडा आलोचना भइरहेका बेला आइतबार आयोजित युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको अतिक्रमित भूमि फिर्ता गराउने प्रतिबद्धतासहित भारतलाई सेना फिर्ता लैजान भनेका हुन् ।

भारतसँग संवाद गर्न सक्ने हैसियतमा आफू नेतृत्वको वर्तमान सरकार रहेको भन्दै उनले राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई गुमेको आफ्नो देशको भूमी फिर्ता ल्याउन बल र हिम्मत पुगेको बताए ।

नक्सा सच्याउनुभन्दा भूमि फिर्ता ल्याउनु अहिलेको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली भूमी फिर्ता ल्याएरै छोड्ने फेरि प्रतिबद्धता जनाए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here