जाडोमा खानुस् गुन्द्रुकको झोल हुनेछन् यस्ता फाइदै फाइदा

१ मंसिर २०७६, आईतवार मा प्रकाशित

काठमाडौं ।

खुन्द्रुक भन्ने वितिकै सबैको मुखबाट पानी आउने गर्छ । गुन्द्रुक स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उतिकै फाइदाजनक रहेको मानिन्छ ।

यो प्रायजसो सबैको भान्सामा पाइने तरकारी हो । विश्वमा नेपालको चिनारी दिने परिकारको रुपमा गुन्द्रुकलाई लिने गरिन्छ  । यसको स्वाद अमिलो हुन्छ ।

गुन्द्रुकलाई सामान्यतया झोलको रुपमा प्रयोग गर्ने प्रचलन छ । तर यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारि सेवन गर्न सकिन्छ । ठुला ठुला होटलहरुमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिष्ट बनाइन्छ । यसलाई हिमालय सुपको रुपमा प्रयोग गरिन्छ ।

कागती,टिम्बुर,नुन,खुर्सानी,भुटेको भटमास,धनीया,भुटेको तेरिको तेल राखि गुन्द्रुकलाई साँधेर अचारको रुपमा पनि खान सकिन्छ । यसरी तयार बनाएको परिकारलाई कोदो,फापरको रोटी वा नेवारी,मासको बारासँग खादा पनि निकै स्वादिष्ट हुन्छ ।

आँखाको दृष्टि लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने,सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गून्द्रूकले फाइदा पूर्याउ । गून्द्रूकमा खनिज पदार्थका मात्रा प्रशस्त हून्५ । अधिक कोलस्ट्रोकको  समस्या  छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गून्द्रूक सेवन गर्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here