मेचीनगरमा आईपिएम कृषक पाठशाला शुरु

0
825

लक्ष्मी उप्रेती / मेचीनगर ।

झापाको मेचीनगरमा तरकारी वालीमा आइपिएम कृषक पाठशाला शुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाले पाइलट प्रोजेक्टका रुपमा मेचीनगर— ३ स्थित आइतबारे कृषक समुहसँगको सहकार्यमा पाठशाला शुरु गरेको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिहंले संयुक्तरुपमा विभिन्न जातका तरकारीका विरुवा रोपण गरर पाठशालाको उद्घाटन गर्नुभएको थियो । स्थानीय रमा भण्डारीको २ कठ्ठा जमिनमा बन्दाकोपी, काउली खुर्सानिलगायतका तरकारी रोपण गरिएको थियो ।

आइतबारे कृषक समुहका अध्यक्ष तथा अगुवा कृषक प्रधान किसानको सभापतित्वमा भएको उद्घाटन सत्रमा नगरप्रमुख आचार्यले अहिले पनि आम किसानले परम्परागत खेती गर्दै आएको र त्यसमा लाग्ने रोग त्यसको रोकथामलगायतका विषयमा सामान्य जानकारी लिननसक्दा ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो ।

अब हरेक कृषकले परम्परागत खेतीलाई छाडेर वैज्ञानिक र आधूनिकरुपमा खेती गर्न आवश्यक रहेको उहाँले औल्याउनुभयो । बेला बेलामा कृषि प्राविधिकहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो खेतीपातीको हेरचाह गरे खेतीमा रोगलाग्नबाट बच्न सकिने नगरमुख आचार्यको भनाई थियो । उहाँले हरेक मानिसको खानपिन उस्को स्वास्थ्यसँग जोडीने भएकाले विभिन्न विषादी हालेका तरकारीलगायत अन्य वस्तु उपभोग गरे कैयौं रोगको शिकार हुनुपरेको बताउनुभयो । उहाँले मेचीनगरलाई विषादीमुक्त नगरपालिका घोषणा गर्ने योजना रहेकाले हरेक नगरवासीलाई अब अगर्यानिक खेतीतर्फ लाग्न आग्रह गर्नुभयो ।

नगरउपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले पनि नगरका विभिन्न वडामा गम्भीर प्रकृतिका रोग लागेका धेरै मानिस भएकाले हरेकले खानपिनमा ध्यान दिन आग्रह गर्नुभयो । अब नगरबाट विषादी प्रयोग गरेर खेती गर्ने परम्पराको अन्त्य गदैं मेचीनगरलाई अगर्यानिक खेतीको नगरबाट चिनाउन समेत आग्रह गर्नुभयो ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिहंले आइपिएम पाठशालाको महत्व र फाइदाका बारेमा चर्चा गर्नुभयो । उहाँले पाठशालामार्फत परम्परागत र बैज्ञानिकरुपमा खेती गर्दा तुलनात्मकरुपमा अध्ययन गर्न सकिने भएकाले यहाँ पनि सोहि अनुसार खेती गरिने बताउनुभयो । बीउदेखि उपभोक्ताको मुखसम्म पुग्ने तरकारी विषादीरहित हुनुपर्ने उहाँको भनाई थियो । स्वास्थ्य बाली उत्पादन, किसानलाई दक्ष बनाउनु, नियमित अवलोकन गर्न तथा मित्र जीवको संरक्षण गर्नु आइपिएम पाठशालाको मुख्य उद्देश्य रहेको सिहंको भनाई थियो । यसले हरेक किसानलाई सैद्घान्तिक र व्यवहारिक ज्ञान दिने तथा हरेक कृषकको घरदैलोमा पुग्ने भन्दैं १६ देखि २० हप्तासम्ममा तरकारी खान योग्य हुने उहाँले जानकारी दिनुभयो । यसरी उत्पादन गरेका तरकारी खान योग्य, स्वस्थ्यवद्र्घक तथा पौष्टिक तत्व प्राप्त हुने सिहंले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here