सुरुङ्गा, कनकाई नगरपालिका – ३ सुरुङ्गामा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधाारण सभा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी वैंककका केन्द्रीय लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा सभा सम्पन्न भएको हो । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा ४२ लाख ४८ हजार ५ सय ४५ रुपैयाँ ७६ पैसा आम्दानी गरेको साधारण सभामा जानकारी गराइयो ।
सहकारीका उपाध्यक्ष एलपी उप्रेतीले स्वागत गरेको कार्यक्रममा कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, कन्काई वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी पाठक, सुवेच्छा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वालकृष्ण चेम्जोङ,संस्थाका सल्लाहकार टीकाप्रसाद कट्टेल आशा शर्मा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सस्थाका सचिव शिवकुमार कडेलले गरेका थिए । सो अवसरमा सहकारीमा आवद्ध उत्कृष्ट वचतकर्ता ऋणीलाई सम्मान समेत गरिएको थियो ।































