१० बर्षमा पनि बनेन विद्यालय भवन

0
656

पार्थ मण्डल/भद्रपुर।

भारतीय सहयोगमा निर्माणाधीन झापाका एक सामुदायिक विद्यालय भवन बिगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएका छन् ।

ठेकेदारले अलपत्र छाडेका अधुरो विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको विद्यालयका शिक्षक तथा अभिभावक बताउँछन् । विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण नहुनुका साथै कक्षा कोठाहरूमा झ्याल, ढोका र घेरावारा समेत छैन । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थीहरू बर्षोदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य बनेका छन् ।

३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर विगत एकबर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेका हुन् । विद्यार्थीहरू विगत १० वर्षदेखि सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउन सकेको छैन । भवन नबनेकाले कक्षा कोठाहरूमा बिजुलीबत्ती, पंखा जडान हुन सकेको छैन, खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ, विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महशुस गर्न थालेका छन् ।

वि.सं. २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्नतिका लागि भारत सरकार तथा भारतीय राजदुतावसले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौँका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएको थियो । ठेक्का लिएको करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम शुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए । तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा शुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत एक वर्षदेखि ठप्प बनेको उनले बताए ।

भवन नबन्दा विद्यालय नै डेटिङस्थल !

२०७१ सालमा भवन निर्माण कार्य शुरु हुँदा पुराना भवन भत्किँदो टिन र टाँटी बेराले बनाइएको अस्थायी कक्षाकोठामा राखेर विद्यार्थीहरूलाई पढाएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए । ‘केही बर्ष दुःखले टिन र टाँटी भएकै कक्षाकोठामा विद्यार्थी पढायौं’– प्रधानाध्यापक खरेलले भने– ‘ठेकेदारले भवन निर्माण कार्यमा शुरुदेखि नै ढिलासुस्ती गरेकै हो, भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षा कोठामै सर्न बाध्य भयौं ।

‘भवन निर्माणको विषयमा पटक–पटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ भएन’– उनले भने– ‘अहिले ‘विद्यालयको शैक्षिक गुणस्तर खस्किन थालेको छ, भवन निर्माण नहुँदा बेलुका ५ बजेपछि विद्यालय भवन नै डेटिङस्थल हुन्छ ।’ ‘साँझ परेपछि विद्यालयमा कोही पनि हुँदैन, विद्यालयमा गेट र कम्पाउन्ड वाल पनि छैन, अनि टाढा टाढाबाट केटाकेटी आउँछ र भवनभित्र पसेर डेटिङ गर्छ’– उनले भने– ‘यही कुरा कसैलाई भन्न पनि लाज लाग्छ, विद्यालयमा भएका सरसामान पनि चोरी हुन्छ, पानी खाने टुवेल कल पनि धेरै पटक चोरी भइसकेको छ ।’

कक्षा कोठामा पानी पस्छ, गर्मीले बस्न सकिदैन

ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको कक्षा १०मा अध्ययनरत् विद्यार्थी सरोज बास्केले बताए । हामीलाई पढ्न सारै समस्या छ, कक्षा कोठामा झ्याल ढोका छैन, बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन– उनले भने । सुरक्षित विद्यालयबाट पठनपाठन गर्न वञ्चित हुनु परेको विद्यार्थी भूमिका शर्माले बताइन् । त्यस्तै विद्यार्थी सुभाष सोरेनले भने– ‘कक्षा कोठामा पानी जम्दा विद्यार्थीले फाल्नुपर्ने हुन्छ, पानी र हावाहुरी चल्दा सरहरूले विद्यालय नै बन्द गर्नुपर्ने हुन्छ ।’

‘झ्याल ढोका नभएकोले विद्यार्थी लड्ने जोखिम छ’– विद्यार्थी सवनम श्रेष्ठ भनिन्– ‘बाहिरबाट नाना थरिका मान्छे आउँछ, विद्यार्थीलाई हेर्छ जसले गर्दा पढाई समेत प्रभावित हुँदैछ ।’ ‘बर्खाको बेला कक्षा कोठामा पानी पस्छ, हावाहुरी चल्दा कक्षा कोठामा बस्नै सकिँदै, गर्मीमा पंखा चलाउने बिजुलीको व्यवस्था पनि छैन’– शिक्षक खेमराज चिमरियाले भने– ‘यी समस्याका बाबजुद विद्यार्थीहरूलाई पढाइरहेका छौ ।’ ठेकेदारको लापरबाहीले विद्यार्थी र शिक्षकले समस्या भोग्नुपरेको उनको गुनासो छ ।

पेटी ठेकेदारले भवन निर्माण अलपत्र

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको भवन अहिलेसम्म बन्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप सुवेदी बताउँछन् । ‘निर्माण कम्पनीका ठेकेदार लामाले भवनको ठेक्का लिए पनि एक पटक मात्र विद्यालय आएको हो’– अध्यक्ष सुवेदीले भने– ‘त्यसपछि अनुहार पनि देखाएको छैन, ठेकेदारकै लापरबाहीले भवनको हालत यस्तो छ ।’

ठेकेदार लामाले भवनको जिम्मा पेटी ठेकेदार प्रकाश सिंहलाई दिएको बताउँदै अध्यक्ष सुवेदीले भने– ‘हालसम्म बनाइएको विद्यालय भवनको निरीक्षण गर्दै भारतीय राजदुतावासका प्रतिनिधिले पनि भवनको गुणस्तरमा प्रश्न चिन्ह उठाइएको छ, यो भवनमा कमसल सामग्री प्रयोग गरिएको त्यसै बेला खुल्यो ।’ अहिले एक बर्षदेखि पेटी ठेकेदार सिंह विद्यालय नआएको उनको भनाइ छ । ‘भवन नबन्दा समितिका पदाधिकारीहरू तत्कालीन जिविस हालको जिसस, सिडिओ कार्यालय, शिक्षा कार्यालय र भद्रपुर नगरपालिकालाई लिखित तथा मौखिक रूपमा पटक–पटक ध्यानाकर्षण गराए पनि हालसम्म काम सुचारु हुन सकेको छैन’– उनले भने ।

यस्तो भन्छन् जनप्रतिनिधि

देशको संघीय संरचना परिवर्तन भई तीन तहको सरकार गठन भइसकेको पनि दुई बित्यो । तर, २०६७ सालमा लागेको भवनको ठेक्का १० वर्ष बित्न लाग्दा समेत जस्ताको त्यस्तै छ । भारतीय सहयोगमा बन्ने विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउन जिल्ला समन्वय समिति झापाले पहल गरिरहेको अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।

निर्माण कार्यमा ढिलासुस्ती भएकै हो, मैले पनि भवनको अनुगमन गरेर सम्बन्धी निकायलाई जानकारी गराइसकेका छौ– अध्यक्ष पोर्तेलले भने– ‘निर्माण कम्पनीले काम गर्ने आश्वासन दिएको छ, २०७७ वैशाख सम्म अधुरो काम सम्पन्न हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here