देउसीको रकमले वृद्धवृद्धालाई सहयोग

0
390

बिर्तामोड।

तिहारमा खेलिएको देउसीभैलो कार्यक्रमबाट संकलित रकम वनभोज गएर वा पार्टी खाएर खर्च गर्ने चलन छ ।

तर, त्यही रकम बचाएर बिर्तामोडस्थित द न्यू फ्रेण्डस् एण्ड गु्रप डान्स सेन्टरले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग गरेको छ ।

उक्त संस्थाले बिर्तामोड– ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई नगद, खाद्यान्न र लत्ताकपडा प्रदान गरेको द न्यू फ्रेण्डस् एण्ड गु्रप डान्स सेन्टरका सञ्चालक सरोज धिमालले जानकारी दिए ।

संस्थाले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई एकछाक खाना खुवाउनुका साथै नगद, खाद्यान्न र लत्ताकपडा प्रदान गरेको उनले बताए । कार्यक्रममा झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष लोकचन्द्र (एलसी) श्रेष्ठले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here