बिर्तामोड।

सामाजिक सञ्जाल फेसबुकको माध्यमद्वारा संगठित कराते खेलाडीहरुको संस्था बिर्तामोड कराते(पेज) को अगुवाई तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा बिर्तामोडको मुक्तिचौक आसपास जेब्राक्रसिङ बनाइएको छ ।
पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोडमा बढ्दो सवारीसाधनको चापले दिनानुदिन दुर्घटना बढ्दै गएको र त्यसको न्यूनीकरण गर्न जेब्राक्रसिङ बनाइएको बिर्तामोड कराते (पेज) का अध्यक्ष विपीन प्रसाईंले बताए ।
बिर्तामोड कराते(पेज)का अध्यक्ष विपीन प्रसाईंको अध्यक्षता तथा बिर्तामोड– ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य भावना घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होम अधिकारी, बिर्तामोड सरसफाई अभियानका संयोजक विष्णु आचार्य, संस्थाकी सल्लाहकार मिना पाठक लगायत बिर्तामोड कराते(पेज)मा आवद्ध कराते खेलाडीहरुको सहभागितामा मुक्तिचौक आसपास जेब्राक्रसिङ बनाइएको बिर्तामोड कराते(पेज)का सचिव सुदिप खवासले जानकारी दिए ।































