अलैंची मजदुरलाई अभिमुखीकरण

0
1052

बिर्तामोड।

नेपाल अलैंची व्यवसायी महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा बिर्तामोडमा अलैंची ग्रेडिङ्ग, कटिङ, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराईले स्वागत गरेका थिए ।

कार्यक्रममा महिला उद्यमी माया गुरुङ, अलैंची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारी, आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख युवराज श्रेष्ठ, सल्लाहकार इन्द्र विन्दल, आनन्द कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोडमा एक सयभन्दा बढी अलैंची मजदुरको सहभागितामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण खाद्य गुण नियन्त्रण कार्यालय विराटनगरका शाखा अधिकृत काशी घिमिरेले गरेका थिए । कार्यक्रममा उनले सहभागीलाई अलैंचीको ग्रेडिङ, कटिङ गर्दा अपनाउनुपर्ने सुरक्षा र सावधानी, मजदुरलाई स्वास्थ्य सम्बन्धी जानकारी लगायतका विषयमा जानकारी गराएका थिए ।

अलैंची मजदुरहरु स्वस्थ भएमात्र गुणस्तरयुक्त अलैंची उत्पादन हुने र अन्तर्राष्ट्रिय बजारमा गुणस्तरयुक्त अलैंची निर्यात गर्न सकिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन महासंघका महासचिव सुभास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here