झिलझिले ।

शिवसताक्षी नगरको ठुलो झिलझिले बजारको टहराको जिर्णाेद्धार नहुदा व्यापारी समस्यामा पर्न थालेका छन् ।
दुई दशक अघि निर्माण भएको टहराका काठ मकिएर भाँचिन थालेपछि व्यापारी समस्यामा परेका हुन ।
जस्ता पनि खियाले प्वाल पर्न थालिसकेको छ । ०५६ सालमा स्थानीय झिलझिले बजार विकास समितिको पहलमा तत्कालिन सतासीधाम गाविसले टहरा निर्माण गरेको थियो । टहराले यतिवेला नत घाम छेल्छ नत पानी नै ।
स्थानीयका अनुसार ०२६ सालदेखी झिलझिलेमा सोमबार हटिया लाग्न थालेको हो । नगरका अन्यबजार मध्ये झिलझिले बजार ठुलो छ । सोमबारका दिन हाटखोलामा बजार लाग्ने गरेको छ । झापा, ईलाम र मोरङ्गका व्यापारी झिलझिले बजारमा व्यापार गर्न आउने गरेको झिलझिले बजार बिकास समितिका अध्यक्ष कालिवहादुर लिम्वुले बताए । सोमबारे हटियामा ५ सय वढी व्यापारी अन्यत्रबाट व्यापारका लागि आउने गरेका छन भने करोडौको कारोवार हुने गरेको उनले जानकारी दिएका छन ।
झिलझिले बजारको हाट कर पछिल्ला ४ वर्ष देखी शिवसताक्षी नगरपालिकाले संकलन गर्दे आएको छ । जानकारका अनुसार पहिलो वर्ष अर्थात ०७२ सालमा नगरले ४ लाख ५० हजार मा ठेक्का लगाएको थियो । त्यसपछि ५ लाख ५० हजार माथी संकलन गर्दे आएको छ । स्थानीयले भने,‘ नगरले हाट र भिटौरी कर संकलन गर्छ तर, झिलझिले बजारको टहराको जिर्णोद्धार गर्देन ।’ यो वर्ष पनि नगरले ५ लाख ७६ हजार ठेक्का मार्फत झिलझिले बजारको हाट कर संकलन गरेको थियो । शिवशक्ति मन्दिरका अध्यक्ष तीर्थवहादुर खड्काका अनुसार झिलझिले बजारबाट मात्रै नगरले कम्तिमा २५ लाख रुपैयाँ साप्ताहिक हाटकर संकलन गरिसकेको छ ।

शिवसताक्षी नगरले पनि जिर्ण बन्दै गएका नगर भित्रका बजारको टहराको जिणोद्धार गर्दे आएको बताएको छ । यस अघि मागका आधार झिलझिले वाहेकका बजारमा टहराको जिणोद्धार भएको नगरकी उप प्रमुख भोजकुमारी नेपालले बताईन ।
उनले भनिन्, झिलझिले बजारको टहरा जिर्ण भएको नगरलाई जानकारी भएपनि मर्मत संहारका लागि लिखीत माग स्थानीय उपभोक्ताबाट नआएकोले विलम्व भएको हो ।’ उनले भनिन, अव झिलझिले बजारको टहराको जिणोद्धार नगर कार्यपालिका वोर्ड वैठकले स्थानीय उपभोक्ताको मागको आधारमा निर्णय गरेर आवस्यक रकम विनियोजन गर्छ ।’ त्यसपछि झिलझिले बजारको मुहार परिवर्तन हुने उनले बताईन ।
झापा निर्वाचन क्षेत्र नम्बर ४का प्रदेश सभा सदस्य झलकवहादुर दर्लामी मगरले झिलझिले बजारको टहराको तत्काल जिणोद्धार गर्नुपर्ने बताए । उनले, ट्रष्ट निर्माण गरेर व्यापारीलाई स्टल विक्री गर्नुपर्ने सुझाउ दिएका छन । ११ कट्ठा क्षेत्र मा फैलिएको झिलझिले बजारको रुप परिवर्तन गर्न हाटखोलाको चारैतिर ड्रेन र सौचालय अनि विचमा पार्किङ्ग टायल्स लगाएर वजारको सौन्दर्यता थप्नु पर्ने उनले बताएका छन ।
झिलझिले बजारको हाटखोलाको पुर्न निर्माणका लागि संघिय साँदस एलपि साँवा लिम्वुले निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषबाट १० लाख विनियोजन गरेका छन । आवस्यक्ता अनुसार प्रदेश साँसदले पनि रकम विनियोजन गरी झिलझिले हाटखोलाको टहरा निर्माण गर्ने बताए । स्थानीय भन्छन, हालको टहरा हटाएर ट्रष्ट निर्माण गरी आवस्यक्ता अनुसार अन्य संरचना निर्माण गर्नुपर्ने बताएका छन ।






























