दिनदहाडै साढे ११ तोला सुन चोरी

0
784

बिर्तामोड।

झापाको बिर्तामोड– ५ निवासी एक व्यक्तिको घर फोरेर शुक्रवार ९० हजार नगदसहित साढे ११ तोला सुनका गरगहना चोरी भएको छ ।

बिर्तामोड–५ निवासी नवीन भट्टराई र कमला भट्टराईको घर फोरेर नगदसहित सुनका गरगहना चोरी भएको हो । घरमा कोही नभएको अवस्थामा शुक्रवार विहान १०ः३०देखि ११ बजेको समयमा चोरी भएको कमलाले जानकारी दिइन् ।

दिन दहाडै घर फुटाएर चोरी भएपछि प्रहरीलाई खबर गरेको र दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

चोरीमा संलग्न व्यक्तिले दराजमाथि चक्कु समेत छाडेर गएको र सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here