लक्ष्मी बहुउद्देश्यीयको सभामा सम्मान

0
900

बिर्तामोड।

झापाको बिर्तामोडस्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षता तथा संस्थापक अध्यक्ष दिनेश मल्लको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेश शाक्यले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य बलराम कार्की, संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनाल, पूर्व सचिव युवराज दाहाल, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिएस प्रधान, सप्तकोशी डेभलपमेन्ट बंैकका शाखा प्रमुख जीवन बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बस्नेतले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुँजी तीन करोड ३१ लाख ७१ हजार दुई सय, निक्षेप संकलन २७ करोड दुई लाख ९५ हजार छ सय १९ रुपैयाँ २७ पैसा, कर्जा लगानी २६ करोड ९७ लाख ५७ हजार पाँच सय ४० रुपैयाँ, कुल आम्दानी चार करोड ३२ लाख ९४ हजार चार सय ९० रुपैयाँ ३५ पैसा र खर्च तीन करोड चार लाख २१ हजार तीन सय ५९ रुपैयाँ र नाफा एक करोड २८ लाख ७३ हजार एक सय ३१ रुपैयाँ ३५ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरु दर्पण पोखरेल र सुवासना खड्का, उत्कृष्ट कर्मचारीहरु मञ्जिल घिमिरे, रुबीकुमारी महतोलाई नगदसहित सम्मान गरिएको थियो भने उत्कृष्ट बचतकर्ता मिना अधिकारी, शान्ता पौडेल, पूर्णिमा राजवंशी, सुनिलकुमार साह, अञ्जु श्रेष्ठ, जीवनप्रसाद दाहाल, रमेश केसी, रामकुमारी प्रसाईं, गोर्खा सुपर मार्केट, असल ऋणि रञ्जित राय, रुक्सुम अधिकारी, भीमादेवी श्रेष्ठ, अब्दुल मिया, मनोज चौधरीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन संयोजक जीवन श्रेष्ठले र ऋणि उपसमितिको प्रतिवेदन संयोजक गणेशकुमार शाक्यले र बजेट प्रतिवेदन संयोजक सन्देश मल्लले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका निवर्तमान सचिव टीका घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here