‘साना जहाजका कारण एयर ट्राफिक जाम’

0
444

झापा।

संस्कृति पर्यटन तथा नागरिक उड्रुडयन मन्त्री योगेश भट्टराईले साना जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेश गर्न नदिने बताएका छन् ।

साना जहाजका कारण एयर ट्राफिक जाम भएको भन्दै पर्यटन मन्त्री भट्टराईले साना जहाजलाई त्रिभुवन विमानस्थलमा प्रवेशमा रोक लगाउने नीति ल्याउन लागेकको बताएका हुन् ।

सोमवार विराटनगर विमानस्थलको विकास र विस्तारका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब साना जहाजको बेस प्रदेशका विमानस्थलमा हुन्छ भन्दै अगाडि भने –‘ साना जहाज काठमाडौंमा राख्दा एयर ट्राफिक जाम भयो, हामी साना जहाजलाई काठमाडौं बाहिरबाट पहाडी क्षेत्रमा उडान गराउने नीति बनाउँदैछौं ।

साना जहाज काठमाडौं बाहिरबाट चल्ने प्रक्रियाको शुरुवातस्वरुप अहिले लुक्लाका लागि पहिलो उडान र अन्तिम अवतरण बाहेक सबै उडान मन्थलीबाट भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।

हामीले यसको अभ्यास समेत गरिसकेका छौं, बास बस्ने बाहेकको दैनिक ५०÷६० उडान अहिले मन्थलीबाट लुक्लाका लागि हुन्छ, यसले एयर ट्राफिक घटाउनुको साथै मन्थलीको विकासमा सघाउ समेत पु¥याएको छ– उनले भने– अब सबै साना उडान यसरी नै गर्ने तयारी सरकारले गरिरहेको छ ।

विराटनगर विमानस्थललाई अबको पाँच वर्षभित्र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा काम शुरु भएको मन्त्री भट्टराईको भनाइ छ । मन्त्री भट्टराईले चन्द्रगढी विमास्थलको विकासका विषयमा आज झापाका सरोकारवालासँंग छलफल गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here