झापामा सहकारीका साधारणसभा धमाधम

0
964

स्वरोजगार भवानीमा पुनः बस्नेत

बिर्तामोड।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ झापाको अध्यक्षमा पुनः केशव बस्नेत चयन भएका छन् ।

संस्थाको १२औं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा कमला थापामगर, सचिवमा मनोज भट्टराई र कोषाध्यक्षमा कमला आचार्य उप्रेती रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सरोज सिटौला, घनश्याम नेपाल, शुसिला विमली, ईश्वरा श्रेष्ठ, कुसुम खड्का अधिकारी, जागीरमान राई, भोला परियार रहेका छन् । त्यस्तै सोही साधारणसभाले विष्णुप्रसाद आचार्यको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा देवीनारायण न्यौपाने र तुलसीप्रसाद भण्डारी रहेका छन् ।

संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको शेयरपुँजी २ करोड ८४ लाख २२ हजार निक्षेप संकलन ७ करोड ७७ लाख ९९ हजार ५ सय ७८ रुपैयाँ, बार्षिक कारोवार ५५ करोड, शेयर सदस्य ४ हजार २ सय २ जना, ऋण लगानी ११ करोड ९८ लाख १६ हजार २२ रुपैयाँ र नाफा २७ लाख ३७ हजार दुई सय ९७ रुपैयाँ ३३ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका सञ्चालक समिति सदस्य कमला थापा मगरले स्वागत गरेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, धनुषकोटी कृषि सहकारीका अध्यक्ष गोपाल प्रसाई, एनएमसी डेरी सञ्चालक नारायण बस्नेत, संस्थाका काँकरभिट्टा सेवा केन्द्र प्रमुख सुरेन्द्र बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बालबचततर्फ प्रशिद्धि श्रेष्ठ, पारिवारिक बचततर्फ विन्दा मैनाली, आवाधिकतर्फ भावना राई, उत्कृष्ट ऋणितर्फ प्रमोद दियाली, निर्मला चाम्लिङ राई, जेष्ठ नागरिकतर्फ हरिबहादुर अधिकारी, गोमादेवी लुइँटेल, शिवलाल धमला र उत्कृष्ट कर्मचारीमा नारायण न्यौपाने र सुनिता ठटाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष सीता बस्नेत, पूर्वउपाध्यक्ष नन्दकुमार अधिकारी, सदस्य कुमार सिटौला, लेखा सदस्य पवित्रा पाठक, पूर्व सदस्य शान्ति चौहान, लेखा समिति सदस्य सीता कार्की कोइरालालगायतलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा संस्थालाई धितो दिने संस्थाका अध्यक्ष केशव बस्नेत, उपाध्यक्ष नन्दकुमार अधिकारी, सचिव मनोज भट्टराई, कोषाध्यक्ष कमला आचार्य उप्रेती, शेयर सदस्यहरु गिरिराज भट्टराई, ढाकेन्द्रप्रसाद चापाँई, नेत्रबहादुर चौहान, सुशीला भट्टराई, कर्मचारीहरु लीला भट्टराई, धनपति आचार्य, सीतादेवी चापागाँईलाई समेत सम्मान गरिएको थियो ।

विष्णुप्रसाद आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव मनोज भट्टराई र कोषाध्यक्ष कमला आचार्य उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here