विवाहको बर्षगाँठमा विद्यार्थीलाई सहयोग

१७ मंसिर २०७६, मंगलवार मा प्रकाशित

झापा।

अग्रवाल दम्पतीले ३९ औं बिबाह बर्षगाठ अर्जुनधारा –९ को प्राथमिक बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा, स्टेशनरी, खेलकुदका सामग्री र खाजा वितरण गरी मनाएका छन् । बिर्तामोड निवासी अग्रवाल दम्पती सुरेशकुमार रमायादेवीले विद्यालयमा विवाह वर्षगाँठ मनाएका हुन् ।

उनीहरुले आफ्नोसँगै छोराबुहारी नवीन र प्रियङ्काको पनि १२ औं वर्षगाँठ विद्यालयमै बालबालिकालाई सहयोग गर्दै मनाएका छन् ।

मारवाडी सेवा समिति झापाका अध्यक्षसमेत रहेका भद्रपुरेले आफूले कमाएको केही अंशबाट विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् । भविष्यको कर्णधार सम्झिएर उनीहरुको उज्ज्वल भविष्यका लागि आफ्नो विवाहको वर्षगाँठमा गरिने फजुल खर्चले शैक्षिक सामग्री किनेर विद्यार्थीलाई प्रदान गरेको बतए ।

कार्यक्रममा बालाजी मन्दिरका पूर्व अध्यक्ष वीरेन्द्र अग्रवाल, अग्रसेन भवनका पूर्वअध्यक्ष बाबुलाल बंशल जुनकिरी प्रा बिका प्रअ रञ्जित परियार लगायतले सराहनीय कार्यको शुभकामना ब्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद रिजालको अध्यक्षता सञ्चालित कार्यक्रम प्रधानाध्यापक कल्पना दाहालले सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here