बिर्तामोड।

झापाको बिर्तामोड–६ स्थित एभरेस्ट स्मार्ट स्कूलमा रहेको सगरमाथा टिन्स क्लवको आयोजनामा सडक तथा विद्यालय परिसरमा सरसफाई गरिएको छ ।
क्लवले विद्यालयबाट महेन्द्र राजमार्गसम्मको लगभग पाँच सय मिटर क्षेत्र र विद्यालय परिसरमा सरसफाई गरेको क्लबका सदस्य मनिष न्यौपानेले जानकारी दिए ।
विद्यार्थीलाई किताबी शिक्षासँगै व्यवहारिक शिक्षा प्रदान गरी सामाजिक उत्तरदायित्व वहन गर्न जिम्मेवार बनाउन प्रेरित गर्न सरसफाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक आशिष प्रसाईले जानकारी दिए ।
क्लबले विद्यार्थी र विद्यालयको हितमा रहेर काम गर्ने साथै म अघि बढ्छु कार्यक्रमलाई थप टेवा पुग्ने कार्यमा लाग्ने क्लवकी अध्यक्ष विभुति खनालले जानकारी दिइन् ।
प्रदेश नम्बर १ सरकारले सञ्चालन गरेको कार्यक्रम अन्तरगत सगरमाथा टिन्स क्लबको माध्यमबाट सामाजिक कार्यमा विद्यार्थी जुटेको क्लवका सचिव अपिल उप्रेतीले बताए ।































