भीमनगर क्लब जिल्लास्तीय फुटबल प्रतियोगिताको फाइनलमा

0
661

भद्रपुर ।

ट्राइब्रेकरमा संर्घषपूर्ण जित निकाल्दै भीमनगर फुटबल क्लब भद्रपुर जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको खेल मैदानमा आज भएको अन्तिम सेमीफाइनल खेलमा उपाधिका दाबेदार मानिएका बिलिभर्स इष्टर्न चर्च काँकडभिट्टालाई ट्राइब्रकेरमा दुईको विरुद्ध चार गोल गर्दै भीमनगर फाइनलमा प्रवेश गरेको हो ।

खेल एक/एक गोलले बराबरी भएपछि ट्राइब्रेकर भएको थियो । ट्राइब्रेकरमा भीमनगरका विशाल लिम्बु, राम र्मुर्मु, अनीश मगर र विवेक गुरुङले गोल गरेका थिए, भने विकास लिम्बुको प्रहार चुके । काँकडभिट्टाका दीपेश र्मुर्मु र सुमनले जाली चुमाए पनि विशाल र्मुर्मु र अमोस मगरले पोस्ट भन्दा बाहिर प्रहार गरे

पहिलो हाफको ११ औँ मिनेटमा काँकडभिट्टाले गोल गर्दै अग्रता लिए । काँकडभिट्टाका राजीव लिम्बुले गोल गरे । खेलको २९ औँ मिनेटमा भीमनगरका विवेक गुरुङले गोल फर्काएपछि खेल बराबरीमा आयो । दोस्रो हाफमा जितका लागि दुवै टिमले गोल गर्न पटक/पटक अवसर गुमाएका थिए ।

खेलको म्यान अफ द म्याच भीमनगरका बिट्टु गुरुङ घोषित भए । उनलाई इलेभेन साइनिङ स्टार क्लबका अध्यक्ष दिलीप भुइँमालीले ट्रफि र नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

सोमबार हुने उपाधिका लागि भीमनगर फुटबल क्लब र  चन्द्रगढी फुटबल क्लब बिच भिडन्त हुने खेल संयोजक अनिल लिम्बुले जानकारी दिए ।  ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित प्रतियोगिताको आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here