खानेपानीमा लोकतान्त्रिक प्यानल विजयी (मत परिणाम सहित )

0
1042

 

बिर्तामोड,

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानलै बिजयी भएको छ ।

विहीवार मत गणनाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच समीकरण भएर बनेको लोकतान्त्रिक प्यानलका उम्मेदवार जलकुमार गुरुङ संयुक्त प्रगतिशील प्यानलका उम्मेदवार ज्ञानुराम प्रसाईलाई ७८४ मतान्तरले पराजीत गर्दै बिजयी भएका हुन् ।

संयुक्त प्रगतिशील प्यानलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी नेपाल र राप्रपा (संयुक्त) बीच समीकरण भएर चुनावी मैदानमा उत्रिएको थियो । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गुरुङले १७०४ मत प्राप्त गरेका छन् भने प्रसाईले ९२० मत प्राप्त गरेको कार्यसम्पादन समितिका संयोजक सीपी कडरियाले जानकारी दिए ।
लोकतान्त्रिक प्यानलबाट बिजयी हुनेहरुमा उपाध्यक्ष पर्शुराम सिटौला (१६३७), सचिव मेघराज बास्तोला (१७३८) कोषाध्यक्ष शारदा रिजाल (१५१०), सदस्य देवेन्द्र सिटौला (१६६७), पारस मैनाली (१५९४), माया प्रधान खड्गी (१६२०), वाला खरेल (१५८७) र सीता भट्टराई काफ्ले (१५७९) रहेका छन् ।

उता संयुक्त प्रगितशील प्यानलबाट उपाध्यक्षमा वुद्धिप्रसाद घिमिरे (९१८), सचिव जनवहादुर जवेगू (८३८), कोषाध्यक्ष कमलप्रसाद पौडेल (१०४७), सदस्यहरु शंकरराज ढुङ्गेल (८९०), श्रीप्रसाद सिटौला (८९३), विनिताकुमारी राजवंशी (९२२), हिमा प्रसाई (९५२) र सीता सापकोटा पौडेल (९५०), उम्मेदवार बनेका थिए । कूल २८१३ मत खसेकोमा १२८ मत वदर भएको निर्वाचन समितिका राजेन्द्र चौलागाँईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here