न्यू भिजनमा सुवेदी

२६ मंसिर २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड ,

न्यू भिजन बचत तथा ऋण सहकारी बिर्तामोड–५ को छैटौ वार्षिक साधारसभा तथा अधिवेशनले रोशन सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।
विहविार बिर्तामोडमा भएको सभाले उपाध्यक्षमा नविनकुमार शिवाकोटी सचिवमा दीपक वास्तोला, सहसचिवमा युवराज ओली र कोषाध्यक्षमा सार्दुल ओलीलाई सर्वसम्मत चयन गरेको हो ।


त्यसैगरी सदस्यमा वविता राई, सुष्मा भट्ट, हेमकला निरौला र मित्रप्रकाश दुलालले चयन गरेको समितिका कोषाध्यक्ष शार्दुल ओलीले जानकारी दिए ।
संस्थाका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल प्रमुख अतिथि रहेका थिए ।
शेयरपुँजी एक करोड २७ लाख रहेको संस्थामा एकहजार ७ सय १३ जना शेयर सदस्य रहेका छन् । संस्थाले आर्थिक बर्ष २०७५÷७६ मा नाफा र कोष गरेर १४ लाख गरेको छ । २ करोड ४४ लाख निक्षेप संकलन गरेको संस्थाले २ करोड ६९ लाख ऋण लगानी गरेको प्रतिवेदनमा छ ।
स्वागत संस्थाका उपाध्यक्ष नविनकुमार शिवाकोटीले गरेको कार्यक्रममा विशेष अतिथि रेडक्रस बिर्तामोड शाखाका अध्यक्ष सजेश शिवाकोटी र अतिथि झापा जिल्ला बचत संघका सदस्य याम चुडाल रहेका थिए । संस्थाले असल ऋणि, उत्कृष्ट बचतकर्ता र कर्मचारीसहित १३ जनालाई सम्मान गरेको जनाइएको छ ।
कार्यक्रमको सञ्चालन व्यवस्थापक गगन पोखरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here