सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ जनाको मृत्यु, २० घाइते

0
431

सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

दुर्घटनामा २० जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएकोे र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here