सिरिजंगा जयन्तीमा सार्वजनिक बिदा

0
1016

ताप्लेजुङ,

किरात सिरिजंगा लिपिका पुनरुत्थानकर्ता सिरिजंगा सिङथेवेको जन्मजयन्तीको अवसरमा सिरिजंगा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ।

सिरिजंगाको जन्म १९६१ मा सिरिजंगा गाउँपालिका–४तेल्लोक भएको थियो। यस गाउँपालिकाको नाम उनै सिरिजंगाको नाममा राखिएको छ। मंसिर २ मा बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ मा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए।

किरात लिपिको पुनरुत्थानमा अतुलनीय योगदान गरेकाले उनको सम्मान त्यस लिपिलाई नै ‘सिरिजंगा लिपि’ भन्न थालियो। सिरिजंगा भाषा, लिपि र मुन्धुमको प्रचारप्रसारका क्रममा सिक्किम पुगेका थिए।

उनको कार्यलाई अनुदार बौद्ध धर्मावलम्बीले मन पराएका थिएनन्। त्यहाँस्थित साङ्गछोलिङ गुम्बाका थासाङ लामा समूहको निर्देशनमा १७९८ सालमा उनको हत्या भएको भन्ने गरिन्छ।

उनै सिरिजंगालाई मातृभाषा, लिपि, धर्मका पहिलो सहिद मानिन्छ। उनको सम्मानमा सरकारले २०४९ सालमा एक रुपैयाँ मूल्यको हुलाक टिकट प्रकाशन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here