धनकुटा ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आइतबार टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् ।
हिलेबाट जोरपाटीतर्फ जादै गरेको को २ ह ६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को १ ख ६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ वर्षीय दशरथ पाख्रिन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थल मै मृत्यु भएको हो ।
टेम्पुमा सवार छथर जोरपाटी गाउँपालिका–५ का २२ वर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुराँस नगरपालिका–५ का २५ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिए ।































