उदयपुरमा जीप दुर्घटना, तीनजनाको मृत्यु

0
463

उदयपुर ।

उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो।

भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिए।

भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ। बिहान ७ः३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका छन्।

तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए। नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुन सक्ने जनाइको छ।

घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा रहेकोले प्रहरी चौकी उदयपुरगढीबाट प्रहरी घटना स्थल तर्फ खटाईएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here