विद्यार्थीलाई ट्राफिक सचेतना

0
684

बिर्तामोड ।

झापाको कनकाई नगरपालिका ९ स्थित अरुणोदय इङ्लिस वोर्डिङ स्कूलमा अध्ययनरत् विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ ।

विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवको आयोजनामा भएको कार्यक्रममा क्लवमा आवद्ध विद्यार्थीसहित कक्षा ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो ।

सगरमाथा टिन्स क्लवकी अध्यक्ष प्रश्ना पाठकको अध्यक्षता तथा कनकाई नगरपालिका ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सगरमाथा टिन्स क्लवका कोषाध्यक्ष विवेक वम्जनले स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक नारायण आचार्यले विद्यार्थीलाई ट्राफिक नियम पालना सम्वन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अरुण राजवंशी र प्रमुख अतिथी कनकाई नगरपालिका ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीले झापामा बढ्दै गरेको दुर्घटना न्युनीकरण गर्न विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

कार्यक्रमको सञ्चालन सगरमाथा टिन्स क्लवका शिक्षक नायक अभय राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here