पुरान–अनुष्ठान यसरी पो व्यावसायिक बन्दैछ कि कसो ?

0
945

व्यंग्यनारान पाँडे,

बिहान उठेपछि बरण्डामा बसेर चियाको सुर्की मार्दै अखबारहरु पढ्ने बाहेक मेरो अरु कुनै सामन्ती आदत छैन, सत्य भनेको हूँ लौ— धरोधर्म ! आज पनि म मेरामा सँधै झैं आउने पत्र–पत्रिका लिएर बरण्डामा बसी उसरी नै पढ्दैथँ । ‘उसरी नै पढ्दैथेँ’ मानेछापिएका समाचारहरुमा ताजा र नयाँ समाचार खोज्दैथेँ । इन्टरनेटबाट डाउनलोड भएर भएर लोकल एफएमहरुले हिजो बिहानदेखि बेलुकासम्म पटक–पटक पढिबाँचिसकेका कानमा ग्यास्ट्रिक हुने समाचार पढिरहने कृपा गर्ने बानी छैन मेरो ।

यस्ता बासी समाचार तीन–चौथाइ छापिने गरिन्छन् । बाँकी एक–चौथाइ समाचार पनि बढता विभिन्न कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु–अतिथिहरु, स्वागत भाषणकर्ता, उद्घोषकर्ता, सहजीकरणकर्ता, सम्बोधनकर्ताहरु, धन्यवाद ज्ञापनकर्ता आदि–इत्यादिका नामले वनमाराद्वारा बाली ढाके झैं हुने गर्छन् । अक्सर त्यस्ता समाचार सुङ्दा दामखामेको खामरुपी घुस–भ्रष्टाचारको सिनो गनाए जस्तो लाग्छ मलाई । इत्यादि प्रकारका समाचारको भीडभित्रमसँधै नयाँ र ताजा समाचार घुमघाम खोज्छु । आज पनि त्यसैमा लागको थिएँ, गौंथलीको बाऊ आइपुगे । र, कुर्सीमा बस्ताबस्तै भने— “आज म तपइँलाई मेरो एउडा नयाँ ओजना–इस्टमेट सुना’र खुशी पार्छु अनि तपइँ र मेरो सनबन्दकोलामो लाएफ–हिस्टोरीमा सब्से फस टायम तपइँबड सयोग लिने प्लान फिस गरेर आइरथेँ, तपइँ इ पत्रिकाका कात्रासँग रछौ र इ पत्रिका–उत्रिका केइ दिन नभा पनि अ‍ैले एछिन छोड्न मिल्दैन भाइ ?”

मैले पत्रिकाहरु समेटेर एकातिर राख्तै भनें— “के भनेर खुशी पार्ने र के सहयोग लिने प्लान लिएर आउनु भा’हो नि ?”
उनले लामो सास तानेर रामदेव शैलीमा ह्वार्र प्mयाँकेपछि भने— “मेरो घरको जीर्नाेद्वार नगरी नहुने भको त तपइँ लगाएत मेरो छेत्रको एरिआका होल–टोट्टल बासिन्दा र उता इण्डे देशबड आइजाइ गर्ने भइया–भइयानीसम्मलाई किल्लेरशील छइँछ । मैले अथवा म जस्तो पतिस्टित व्याक्तिले जनै कानमा सिउरेर चइनेकेरे टोइलेट गर्ने लेटिनको सउचालए घरको पनि जीर्नोद्वर नगरे आउँदो आगामी बर्खामा तल मल खस्ने खाडलमा मल चुप्लुङ–चुम्लुङ खस्ता खाडलको नर्के पानीबड जिउ जोगाउन जुरुक–जुरुक उठ्नुपर्ने अवस्ता भइसक्या छ, लु हेर्नु त अप्ठ्यारो ! उता गाईगोठको छानु छाउने बज्जेट नपुगेर सात–आठ बर्खदेखि ठूलो पानी पर्या बेला गाईलाई थोत्रा–मोत्रा ओडाउँछु तानि, भइँमा आहाल भइहाल्छ–तेस्सिमालाने पानी जमेर ।

अनि मेरा गाईबाच्छाले भूइँसी–पाडाको भूमिकामा बाँत्ने बाद्देता छे–सात बर्खदेखुन् झेलिराख्या छन् । मेरो ओड्ने–ओछ्याउने च्याङ्ला भइसक्या छन् । पकाउने–पस्किने भाँडाकुँडा चुइने हुने करममा छन्, डाडु–पुनिउ र चमचहर्का भेट्ना टुटेर ठुटा भइरछन् । इ सप्पैले मेरोबेजोत हुने भइराख्या छ । यो कम्रेट गर्दै पत्रकार गरेर केइ नाप्न सकिन क्या पाँडे भाइ ! फ्यास्स छोड्न पनि सक्किएन, मौका–चानसमा डानस गर्न तिनै दोडा बाटा सजिला छन् भन्र मुनको देउता पढ्केले छोड्न दिया छैन । र, अब एकखेप ग्याम्म हातलागी हुने काम गर्नुपरे भन्ने मेरा दिमाखको किट्नी–लिबरमा मेरी रामदुलारीले उसको देशबड आ’र मेरो घरलाई होमस्टे बना’र चइनेकेरे मसित लिबिङ टुग्याद्दर गर्न थालेकै दिनदेखुन् रातैपिच्छे क्वाच्क्वाच् कोच्न थालेर पक्का गराई क्या भाइ । र, तो आइडिया सारै उत्तम लागो । तेइ कुरा तपइँलाई भन्न र तेसको पूर्बादार डीप्पीआर तैयार गर्ने खर्चको जोगाड गर्ने सिल्सिलामा तपइँकाँड उद्गाटन गर्न आइरछु ।”

मैले एक रील हाँसेपछि सोधें— “गर्न चाहिँ के गर्न आँटेको हो दाइ ? त्यस्तो ग्याम्म हातलागी हुने विशेष योजना के हो ?”
उनले सजिलै भने— “अब अ‍ैले भग्वानको पुरान ला’र चइनेकेरे दच्छिना भेटी, चामल, सोना–चाँदी इत्तेदि बटुल्ने र तिनबड हुने इन्कमले नै जेसुकै र जोसुकैको पनि जीनोद्दार भइराखेको टप सिजन छ । एसै सिजनको उपलच्छेमा रामनाम बाजे, खसिकट्टा बगरे माइलो, पअअअर ग्यानेचोकभन्दा पस्सिउँको काने आरावाल, बनजाँचेका शिबराम हल्साप, मुसीकी आमाको कन्टोलका दोडा बूढा साउ अनि उता इण्डे पस्सिउँ बङगालको खोरीबाडी ठाना एरिआमा पर्ने भएभरका मियाँ गाममा हतै पर्सिद्द चाडा भूसतिग्रे काला केटाएति आट थान लोग्ने पुरुस र रामदुलारी एउडी मैला समेत नउ थान हामी मिलेर एउडा पुरान नार्ने इस्टमेट गर्या ।”

उनका कुरा सुनेर मलाई दिक्क लाग्यो र उनलाई उल्लिबिल्लि पार्ने सोच्तै सोधें— “इण्डियन खोरीबारी थाना क्षेत्रका मियाँ गाउँहरुमा प्रसिद्ध ती चार थान काला केटा चाहिँ को हुन् ? ती हिन्दू हुन् कि मियाँ ?”

उनले लगत्तै भने— “हत्तेरिक्का हउ पाँडे भाइ, ती हिन्दू हुन् कि अहिन्दू भन्ने किन चाइयो हँ ? भग्वान भन्ने जिनिस हिन्दू–अहिन्दू हुँदैन, सप्पै एउटै भग्वान । जल्ले जे भने नि टोट्टल जम्मा बास् भग्वान ! फेरि हामेरले नार्ने पुरानलाई हिन्दू–अहिन्दू भन्र जात छुट्याका छम् र तपइँ एस्तो भाँजो हाल्न खोजे जस्तो कुरो गर्छौं यार ? ती मियाँ हुन् कि स्याँ हुन् कि जेसुकै हुन् । हन एतातिरका हिन्दूधर्मीले पालेका गउमाताले दूद दिन र ब्याउन छाडेसि घाँस–दानाको दरबन्दीबड हटक हुन्छन् र कम्ता दुक्खकष्ट पाउँछन् ? तेस्ता गौमाता खोजी–खोजी एस एरिआबड तिनै चाडा काला केटाले सशश्रका घुम्वा साहेपहर्सितको सेटिङमा आरामसँग तेता सवारी गराउँछन् अनि बतासे, खोरीबाडी, पीडबलु, चप्रामारीका ठाम–ठाममा पुर्या’र यो दुक्ख–दर्दभए सन्सारबड मुक्ति दिलाउने घरमकार्रे गर्छन् भने तपइँले ती केटाका कुरा सुनेसि किन मूलाको डकार नाकमा गनाए जस्तरी अन्भार बिगारेका हँ ? हिन्दूका ल्याङठाले तेस्तो धरमकार्रे गरुन् त थुक्क ! फेरि तिनै काला केटासँग कैलुको भट्टी हुटेलमा भेट्ने जोजन सिरि किस्न भग्वानका किर्पा भ’का दिन जत्ति खाए नि उनैले तिर्थे ।

तेस्ता गुनिला हुन् ती काला केटा । कैले–काइँ ती काला केटाले ती तेस्ता बूढी पित्रि–मतारी भइसकेका गौमाताज्यूहरु र उँधेरका बूढा भइसकेका छोरा खालेसम्मलाई पारि मियाँ गाउँ–टोलातर्फ लगी यो दुक्खदर्द भए सन्सारबड मुक्ति दिलाउने धमरकार्रेलाई परहरीका पुलिसले बादा गर्ने लच्छिन् पाउँदाहुँदी म र रामनाम पुरेत बाजेले ती काला केटालाई मालका गन्ती अन्सार पाँच रुप्पे गोटा पारिसम्म पुर्याउने सयोग गर्थिम । र, अ‍ैले हामेरले नार्ने पुरानमा पनि ती केटाबड चण्डा झारेसि हामेरु जस्तै पुरानका कर्ता कमेटीमा राख्या हम् । तपइँलाई सप्पै डिटेल्ली भनिदिएँ, लु खा त !”…

यति भनेर उनीबल गरी–गरी हाँस्न थाले । यही मौकामा मैले फेरि सोधें— “तपाईंहरु कसरी सहयोग गर्नुहुन्थ्यो ?”
उनले आरामसँग भने— “मैले पनि रामनाम पुरेत बाजेले जस्तै निदारमा चन्डन लाउँथें र उनले जस्तै कुर्ता र हात्तीसुँडे पइजामा लाउँथें । आखिर मेरामा परिपरिका थोत्रा कपडा रोजीछाडी छइँछन् क्यारे । अनित्याँड मेची खोलाको बइतरनी तारेर इण्डेभूमितिर ती गौमाता खलकलाई चराउन लग्थ्यौं— ती केटाले ‘लु भो’ भनेसि उन्का जिम्मा लाग्थे, पाँच रुप्पे गोटाको टोट्टल खत्रक्क झरिजान्थो । कैले तेतै त कैले एतै घुरेर अनि अघाउन्जी कोदाको पेट्रा कोदोपेट्रा टन्न भइन्जेल सुइँठ्याउँथ्यौं र तीन दिनसम्म झुइँका झुइँ । अहिले रस्ता खुकुलो भकाले हाम्रो काम छैन, उनै काला केटाले बिना डिफिकल मेची खोलाबड सप्पैले देखी–देखी बइतरनी तार्दैछन् ।”

उनी भन्दै गए— “अनि हो तेइ पुरानको डिप्पियार पूर्बाद्दार तयार गर्न अलिकति किनमेल गर्नुपर्ने मालका लागि चण्डा माङ्ने करममा आज तपइँकाँ आइया हो । उदार मुनले कति दिन्छौ तपइँ ?”
मैले ठाढै भनें— “अहँ, म त एकै पैसा पनि दिन्न ।”

उनले मेरा आँखामा आँखा जुदाउँदै भने— “पुरान फिनिसिएसि तिर्ने गरी कर्जा पनि दिंदौन त ? तेसो भा यत्रो खान आफ्लाई हिन्दू भन्छौं त ?”
म बोलिन ।

उनले उठेर बाटो लाग्दै भने— “कसरी दिंदौन रछौ, भरे राती रामदुलारी तपइँकाँ आ’र बेहान घुर्दासम्ममा पस्ट था भइहाल्छ नि । अब सरासर ग’र तेल्ला नसिकाए, नअर्जापे–नतिखारे त…”
उनी फत्फताउँदै गइरहेतिर हेर्दै अनि मैले मनमनै आफूलाई सोधें— “पुराण–अनुष्ठान यसरी पो व्यावसायिक हुँदैछ ?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here