शिवगञ्ज ।
स्थानीय उपभोक्ताको गुनासो आएपछि शिवसताक्षी नगरपालिकाले शिगञ्ज बजारकोे मासु पसलमा आईतवार छड्के अनुगमन गरेको छ ।
नगरको उपभोक्ता हित संरक्षण समिति र बजार अनुगमनको संयुक्त समितिले मासु बजारको अनुगमन गरेको हो । स्थानीयले उपभोक्ताले मासु बजारमा प्रयोग हुने परम्परागत तराजु, गुणस्तर र मुल्यमा एक रुपता नभएको भन्दै नगरमा गुनासो आएपछि समितिले छड्के अनुगमन गरेको हो ।
अनुगमन समितिले परम्परागत तराजु व्यवसायीले प्रयोग गरेको पाईएकोले तत्काल हटाएर डिजीटल काँटा प्रयोग गर्न सात दिने अल्टिमेटम दिएको छ । यस्तै नगर र वडा कार्यलयमा दर्ता विनै संचालन भएका मासु पसललाई ३ दिन भित्र दर्ता गरि नगरमा सुचिकृत गर्नपनि व्यवसायीलाई समितिले अनुरोध गरेको छ ।
अव्यवस्थीत र खुल्ला रुपमा रहेको मासु बजारलाई व्यवस्थीत गर्न र नियमन गर्न नगरले कार्यविधी नै बनाएको छ । शिवसताक्षी नगरमा अव खुल्ला पशुवध गरे नियम अनुसार मासु व्यवसायीलाई कार्वाही गरिने अनुगमन समितिले जनाएको छ । यस्तै मासुकै मूल्यमा आन्द्रा, रगत, कलेजो फोक्सो, खुट्टा लगायतका अंग विक्रि भईरहेकोले समितिले अलग अलग मुल्य मा विक्रि गर्न व्यवसायीलाई सुझाएको छ ।

यसैविच शिवगञ्जको एउटै बजारमा वोईलर कुखुराको मुल्य फरक फरक भएको अनुगमन समितिले फेला पारेको छ । स्थानीय चन्द्रा मासु पसल र रेखा कुखुरा फ्रेस हाउसमा कुखुराको मासुको मुल्य फरक फरक पाईएको अनुगमन समितिले फेलापारेको टोलीमा सहभागी शिवसताक्षी नगरका कर्मचारी विमल बाँस्कोटाले बताए ।
रेखा कुखुरा फ्रेस हाउसका संचालक वचन लाल ताजपुरियाले वोईलर कुखुराको मासु प्रति केजी ३०० मा विक्रि गरिरहेका छन । तर, त्यै बजारको सिता फेस हाउसकी संचालिका सिता ताजपुरिया र चन्द्रा ताजपुरियाले २८० रुपैयाँमा प्रति केजी कुखुराको मासु विक्रि गरिरहेका छन ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले वढी मुल्य लिएर उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कार्वाहिको दायरा मा ल्याईने बताए । साविकको शिवगञ्ज वाणिज्य संघका पुर्व अध्यक्ष वीरेन्द्र यादवले त्तकाल मुल्य समाजयोजन गर्ने सर्तमा व्यवसायीलाई कन्भिन्स गरेपछि अनुगमन समितिले चेतावनी सहित छाडिदिएको छ ।
शिवसताक्षी नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र बजार अनुगमनको संयुक्त समितिले केहि दिन यता नगरका बजारमा छड्के अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ताको स्वास्थ्यमा खेलवाड नहोस भन्दै समितिले दैनिक उपभोग्य बस्तुको अनुगमनलाई तिव्र बनाएको हो । बजारमा तौलमा एकरुपता ल्याउन नगरले परम्परागत तराजु लाई हटाएर डिजिटल तराजु प्रयोगमा ल्याउन नगरका अधिकाँस बजारका व्यवसायीलाई अनुरोध गरकेो छ ।
आईतवारको अनुमगन प्रकाश रंजितकारको नेतृत्वमा विमल बास्कोटा, रामअवतार यादव, बाणीज्य संघ शिवसताक्षीका पुर्व अध्यक्ष वीरेन्द्र यादव, ईलाका प्रहरी कार्यलय शिवगञ्जको प्रहरी टोली र स्थानीय पत्रकारको सहभागीता थियो । शिवसताक्षी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष खुलालले शिवगञ्ज बजारमा देखिएको व्यवसायीको समस्या हल गर्न स्थानीय बाणीज्य संघ संग सहकार्य गरेर सम्वोधन गर्ने बताए ।
समितिले माछा पसलको पनि अनुगमन गरको थियो । भारतीय मत्स्य पोखरीमा उत्पादन भएका माछा शिवगञ्ज बजारमा छ्याप्छ्याप्ती पाईएको । केहि व्यापारीले वेच्न राखेको माछा सडिएको अवस्थामा समेत फेला परको थियो । हप्ता दिन अघि मरेका माछा शिवगञ्जको खुल्ला बजारमा विक्री हुने गरेको स्थानीयबासीले बताए ।
माछाको गुणस्तर मापन नभएका कारण अनुगमन समितिले व्यवसायीलाई औला ठड्याउन भने सकेन । माछाको गुणस्तर मापन गर्ने साधन श्रोत नभएकाले कुनै कार्वाहि गर्न नसकिएको अनुगमन समितिका एक सदस्यले बताए ।
शिवगञ्ज बजारमा अधिकाँस भारतीय माछाको व्यापार हुने गरेको छ । भारतवाट आयत गरिएका माछा मासु जन्य बस्तुको परिक्षण नगरी उपभोक्ताले उपभोग गदै आएका छन । तर, अनुगमन समितिले भारतबाट ल्याईएका माछाको उपभोग नगर्न स्थानीयलाई सुझाएको छ ।































