फेरि त्यही चिच्याहट

६ पुष २०७६, आईतवार मा प्रकाशित

सजना महर्जन,

पल्लो घरको झ्यालबाट आज फेरि त्यही चिच्याहट सुनियो
अर्काको घरको मामिलामा धेरै चासो नलिन भनियो
के गरौं कसो गरौं ठम्याउन सकिएन
हिंसा बिरुद्धको आवाज उठाउन सिकाई न‌ै पुगेनकी ?

केही बेरमा त्यो आवाज अझै चर्कदै गयो
तर पनि केहिगरी रोक्ने प्रयास, अझै भएन
मनमनै, मनमनै कामना पो गरियो
आवाज पो बन्द होस भनी भगवान पो गुहारियो ।

अहो। नभन्द‌ै केही बेर, अहः घण्टापछि आवाज शान्त भयो, चिच्याहट मौन भयो
न सुकसुकाएको आवाज आयो, न चिच्याएको कोही
अब भने मनभित्र कता कता हलचल पो मच्चिन थाल्यो
के भयो त्यो आवाजलाई ? त्यो चिच्याहटलाई ? खैलाबैला पो चल्न थाल्यो ।

अब भने आफैलाई कोस्न थाले, अघि नै पाईला अघि बढाउनु पर्ने भनी
हिंसा बिरुद्ध लड्ने आफ्नै कमजोर दृढतालाई सराप्न पो थाले, नक्कली भनी
बिस्तारै मनभित्रका चेतना जागृत हुन थाले, अनि सोचे अब बोल्नु पर्छ भनी
अझ नबोले अस्तित्व रहन्न, अनि बाँचेकोको सार पनि हुन्न भनी ।

जुरुक्क उठी लम्कें त्यही झ्यालतिर
तर त्यहाँ शुन्यता थियो , सबै शान्त थियो
नहुनु घटना घटिसकेछ, सत्य यत्रतत्र थियो
हिंसा बिरुद्धको पाठ अब भने येथेष्ट थियो भन्ने लाग्यो अनि दौडे अबको बाकी काम गर्न भनी ।

तर बितेको कुरा त अब फर्किन्न, सत्य त पक्कै परिवर्तन हुदैन
हो बल्ल बुझे, यो लडाईको मर्म, यसको आवश्यकता
अब कोही फेरि यस्तो नहोस् भनी लड्ने प्रण पनि गरें
तर पनि आफ‌ुलाई गाली गर्न छोडिन, माफ गर्न चाहिन ।।

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here