अर्जुनधारा स्थित सुखानी नदीमा पुल वन्ने

0
1446

केशवराज भण्डारी, झापा,

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ को बीच भाग भएर बग्ने सुखानी नदीमा पुल वन्ने भएको छ ।

सुखानी नदीमा पुल नहुदाँ त्यस भेगका जनता वर्षयाममा आवतजावत गर्न समेत घुमाउरो वाटो प्रयोग गर्न वाध्य छन । सुखानी नदीमा यसै आर्थिक वर्षबाट स्थानीय सरकारको पहलमा पुल निर्माणको प्रक्रिया शुरु भएको छ ।

हिउँदमा सुख्खा देखिने यो नदीले वर्षाको समयमा भने यस क्षेत्रका नागरिकहरुले सास्ती भोग्न वाध्य छन । वर्षायाममा बिद्यार्थीलाई बिद्यालय आवतजावत गर्न मात्र हैन विरामी पर्दा हस्पिटल जान समेत समस्या हुने गरेको छ ।

सुखानी खोलामा पुल नहुँदा यस भेगका नागरिकहरुकोे ज्यानै जोखिममा पर्ने परेको छ । सुखानी खोलामा करिब १७ बर्ष अघि निर्माण गरिएको कज्वे पनि जिर्ण भइसकेको छ । गएको वर्षायाममा खोला तर्नका लागि स्थानीयले बाँसको पुलको निर्माण गरेका थिए ।

सुखानीे खोलामा स्थानिय सरकारको पहलमा पुल निर्माण हुने भएपछी स्थानिय खुसी भएका छन् । स्थानीय सरकार र प्रदेश सांसदका साथै संघीय सांसदहरुको पहलमा पुल निर्माण हुने जनाइएको छ ।

दुई करोडको लागतमा निर्माण हुन लागेको पुलका लागि प्रदेश सांसद र संघीय सांसदको पहलमा ५०–५० लाख रुपैयाँ रकम विनियोजन भईसकेको वडाध्यक्ष जिवकुमार भण्डारीले जानकारी दिए । हाल पुलको डिपिआर तयारीको काम भईरहेको जनाइएको छ ।

डिपिआर निर्माणको चरणमा रहेको पुल एकबर्ष भित्रै निर्माण सम्पन्न हुने वडाध्यक्ष भण्डारीले बताए । सुखानी खोलामा पुल निमार्णभएमा झापासहित इलामको दानाबारी, मंगलबारे, जितपुर लगायतका बिभिन्न स्थानका नागरिकहरुलाई आवतजावतमा सहज हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here