स्मार्ट अभिभावक अभिमुखीकरण तालिम

0
2120

बिर्तामोड ।

झापाको विर्तामोड १ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा तीन दिवसिय स्मार्ट अभिभावक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेकाले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकलाई जागरुक बनाउन अभिभावकलाई तालिम प्रदान गरिएको बिद्यालयका प्रिन्सीपल सन्तोष सुब्बाले बताए ।

विद्यालयमा रहेको सिइएस वालक्लवको आयोजनामा भएको तालिममा विद्यालयका कक्षा नर्सरीदेखि कक्षा १० सम्मका अभिभावकहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण करीअर ट्रेनिङ फाउण्डेशन (सिटीएफ)का प्रशिक्षक पवित्रा लामा र यमुना तिमल्सिनाले गरेका थिए ।

उनीहरुले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकको भूमिका महत्वपूर्ण हुने र पारिवारिक वातावरणले पनि उनीहरूको अध्ययनमा गहिरो प्रभाव पार्ने भएकाले अभिभावकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

आफ्ना छोराछोरीलाई परीक्षामा उत्कृष्ट अंक ल्याउन घरमा पनि अभिभावकले अध्ययनको वातावरण बनाउनुपर्ने , मित्रवत् व्यवहार गर्नुपर्ने , अभिभावकले शिक्षकका रूपमा भूमिका खेल्नुपर्ने , छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका खेल्नुपर्ने , सहयोगी वन्नुपर्ने बताएका थिए ।

सिइएस वालक्लवकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु कोमलकिशोर फुँयल , सुमित अधिकारी, अनुग्रह कडेल , जेनीसा कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here