स्वीटर पाउँदा विद्यार्थी दंग

0
729

बिर्तामोड।

शान्तिदीप युवा परिवार हल्दिवारी– १ गोलधापले सामुदायिक बिद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।

चिसो बढेसँगै बिद्यालय आउन समस्या भएका विद्यार्थीलाई लक्षित गरी स्वीटर वितरण गरेको शान्तिदीप युवा परिवारका अध्यक्ष विश्व सेलिङले बताए । हल्दिवारी– १ गोलधापका दुर्गादेवी प्रावि, जनजागृती मावि, गरमकाली आधरभूत विद्यालय, सरस्वती माविमा अध्ययनरत् विद्यार्थीलाई स्वीटर वितरण गरेको उनले बताए ।

शान्तिदीप युवा परिवारले ३३ थान, सेसेमा (मिलन लिम्बू)ले २५ थान, विरवल योङ्हाङले २० थान, सीता श्रेष्ठले २० थान, राजकुमार चौधरीले १० थान, इन्द्र उप्रेतीले १० थान, सुमन दाहालले १० थान, धनन्जय उप्रेतीले आठ थान, दुर्गा कार्कीले आठ थान, इश्वर कडरियाले पाँच थान, सरोज दाहालले पाँच थान, बिनु राईले पाँच थान, टीकाराम राईले पाँच थान, मनहाङ लावतीले पाँच थान, टंक रिमालले पाँच थान, केशव कार्कीले पाँच थान स्वीटर उपलब्ध गराएको बताइएको छ ।

उक्त स्वीटर मध्ये दुर्गादेवी प्राविका ७२ जना, जनजागृति माविका ५० जना, गरमकाली आधारभूत विद्यालयका ७४ जना, सरस्वती माविका ३९ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको उनले बताए । हल्दिवारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा लगायतले उक्त स्वीटर वितरण गरेका थिए ।

वडाध्यक्ष सापकोटाले शान्तिदीप युवा परिवारले सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्वीटर वितरण गरेर प्रशंसायोग्य कार्य गरेको बताउँदै यस्तो कार्यमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here